-माइला लामा
मौसम चिसो थियो । हामी विहानको सिरेटोमा तुषाँरो माथि पाइलाका डोबहरु छाँडदै विद्यालयका नजिकको एउटा भग्नावशेष भवन भित्र छिर्यो । झण्डै १ घण्टा शांरीरिक व्यायम सकेर वाहिर निस्कंदा गाउँका केही युवाहरु जम्मा भएका रहेछन । उनीहरुसगं रमाइलो कुराकानी भयो । एक जना गाउँलेले भन्नु भयो । माथि डाडाँको टुप्पोमा उक्लने हो भने काठमाडौं देख्न पाइन्छ । पहिलो पटक काठमाडौं छाडेर राजनीतिक यात्रामा निस्केको पनि एक साता भईसकेको थियो । डाडाँको उचाईबाट काठमाडौं नियाल्ने मन त फुरु फुरु भयो । तर खबर आयो तत्कालै अर्को गाउँ तिर लाग्ने बेला भयो । मन भरिको इच्छा पोको पारेर हामी अर्को गाउँ तिर लाग्यो ।
दिन भरिको घण्टौको ठाडै उकालो पार गरेर देउराली झर्दा साझ पर्नै आटेको थियो । भोकले लखतरान हामी विद्यालय अगाडिको एउटा पसलमा चाउचाउ खाना बस्यौ । एक जना साथीैले भन्नु भयो चीउरा मिसाउने ? मलाई चाउचाउमा पनि चिउरा मिसाउछन् र भन्ने लाग्यो । तर कचौराको चाउचाउले भोक मेटाउने छाट थिएन । कचौरा भरी हुने गरी चिउरा थप्यौ । आँहा कति मिठो चाउचाउमा चिउरा मिसाएर खादा पुरै चिउरा नै चाउचाउ जस्तै स्वादिलो पो हुँदोरहेछ । आज म जुन गाउँमा बसेर सम्झनाका तरेलीमा बग्दैछु । त्यही गाउँमा २२ बर्ष अघि म व.इ.सि.एलको एक जागरण अभियानका दौरानमा पुगेको थिएं । त्यसबेलाका मेरा सहकर्मी सार्थीहरु आज माओवादी आन्दोलनमा छैनन । रामहरी श्रेष्ठ अमेरीका पुगेको खबर पाएको छु । दिनेश डि सि सगं सम्पर्क छैन । कृष्ण पौडेल एक प्रतिष्ठीत शास्त्रीय नृत्य गुरु बनेका छन । अनि रविन्द्र महर्जनक किर्तिपुरमा दोकान खोलेर बसेका रहेछन । २२ बर्ष अघिको त्यो सांझ मेरो जीवनमा अझै ताजा बनेर घुमिरहेको छ । भुमेदेवि मा वि को आंगनमा असिना पसिना भएर उभिदाँ हामीलाई त्यहाका कमरेडहरुले न्यानो स्वागत गर्नु भो । दह्रो कामरेडली हात मिलाउदै परिचय दिदै जाने क्रममा एक जना अग्लो कदको कमरेडले दुबै हातले च्याप्प समाँउदै भन्नु भयो देउरालीमा स्वागत छ । म बीर बहादुर तामाङ्घ यो विद्यालयको पुर्व शिक्षक । मैले भने म माइला लामा घर काठमाडौ । ए तपाई तामाङ ? तर तामाङ जस्तो त हुनुहुन्न त ? विवेक जी ले हाँसो गर्नु भो वहाँ काठमाडौको तामाङ त्यै भएर होला तामाङ जस्तो नदेखिएको । साझँ बीर बहादुर सरले यता पुरै तामाङ जातीको मात्रै बसोबास छ । यो गाविसमा ८ नं वडामा हामी जनमोर्चाले जितेका छौ । मैले भने हाम्रो भाषा मिल्छ त ? सरले भन्नु भो अलि अलि लवज नमिल्ला भोलीको कार्यक्रममा तपाईले तामाङ भाषाबाट भाषाण गर्नु पर्छ । मैले सहमतिमा टाउको हल्लाए । साझ ८ नंमा महिलाहरुसगंको छलफल कार्यक्रममा भयो । जो महिला संगठनमा आवद्ध थिए । मैले त्यही साँझ पहिलो पटक मनुलाई भेटेको सबै जनासँग परिचयको क्रममा उनिसँग चार आखाँ जुधेको । भोली पल्ट भुमेदेवि मा.वि. अगाडिको चउरमा कार्यक्रम भयो । बीर बहादुर सरले संचालन गर्नु भयो । मैले हाम्रो टोलीको तर्फबाट भाषण गरे । बल गरेर तामाङ भाषामै बोले । मानिसहरु पेट मिचिमिचि हाँसे । गीत पनि गाए ।
चारी मैना दुःखला नाङरिन सिनामु ।
सहभागिता राम्रै थियो । साँझ वीर बहादुर सरकै घरमा बास भयो । वहाँको परिवारले प्रेम पुर्वक सत्कार गर्नु भयो । मैले सरलाई सोधे दिउँसो म बोल्दा मान्छेहरु किन हाँसेको वहाँले जवाफ दिदाँ पो थाहा पाए मैले बोलेको त मान्छेहरुले बुभ्mदै बुझेनन् छन् । त्रिशुली पारिको तामाङ संग हाम्रो भाषामा धेरै अन्तर रहेछ । त्यस माथि म टुटेफुटेको तामाङ बोल्ने मान्छे । त्यस दिनको घटनाले मलाई तामाङ भाषा सिक्न प्रेरित गर्यो । हामी देउरालीबाट झरेर काठमाडांै फर्कने बेला सरले प्रेमपुर्वक दह्रो हात मिलाउदै भन्नु भो काठमाडौ आउदा भेटौला मेहनत गर्नु होला । मनुसंग छुटिने बेला उनले सम्पर्क नं मागिन मैले ठेगाना दिए । कम बोल्ने तर बोल्दा वजनदार र सही बोल्ने अन्तरमुखी स्वभावका बीर बहादुर सरले नै मेरो विवाहको चाजोपाजो मिलाउनु भएको थियो । मनुका बा आमालाई हाम्रो राजनीतिमा सहमत गराउदै वहाँले मेरो वैवाहिक जीवनको लागि निर्णायक भूमिका खेल्नु भएको थियो । समाजमा कुनै खास समस्यामा सही निर्णय आवश्यक पर्दा बीर बहादुर सर चाहिने गाउँलेका लागि हाम्रो प्रेम सम्वन्धमा पनि मनुको परिवारलाई प्रेरित गर्न वहाँकै भूमिका निर्णायक बन्यो । यसो भनौ मनु र म जीवनको जुन यात्रामा छौ त्यसको सहजकर्ता अभिभावक बीर बहादुर सर नै हुनुहुन्छ ।
जब हामीले २०५२ साल फागुनबाट जनयुद्धको उद्घोष गर्दै नेपालमा बन्दुकको नालबाट जनवादी सत्ता निमार्णको अभियान थाल्यौ । देउराली हाम्रो आधार भुमि बन्दै गयो । बीर बहादुर सरको अगुवाइमा समाजमा इमान्दार र स्वच्छ छवि बनाएका बीर बहादुर सरको आग्रह काट्न सकेनन् गाउँहरुले । वहाँको आव्हानमा साथ दिदै टेकमान तामाङ (क.कुण्डोल) छापामार बने । निडर शाहसी र आक्रमक छवि बनाएका टेकमान तामाङ रसुवा मैलुङमा शहिद बने । बीर बहादुर मास्टरले माइली छोरी शंखजोम,कान्छा छोरा प्रविण र कान्छी छोरी मिना वाईबालाई पनि वर्गमुक्ति अभियानमा पठाउनु भयो । २०५७ सालमा प्रविणले समुन्द्रटारमा शहादत प्राप्त गर्दा वहाँको आँखामा आँशु भरिएर बरु शाहसका साथ बन्दुक उठाउदै क्रान्ति यात्रामा हामफाल्नु भयो । संकटकालको काहाली लाग्दो घडिमा पनि गंम्भीर तलाउ झै अनवरत दुनियाँ ब्युझाँउने अभियानमा जुट्नु भयो । आफ्नै आंगनमा आफ्नी प्राण प्रिय जीवन संगिनीको शरीर रक्ता आहलमा डुब्दा पनि बीर बहादुरका आँखा रसाएन न वहाँको अनुहारको गंभीरता नै भंग भयो । मुटु भरि छोरा र श्रीमतीको वलिदानको गाथा पोको पारेर वहाँ अझा गम्ंभीर र शाहसका साथ जनवाद प्राप्तीको यात्रामा द्धढ अठोटका साथ अघि बढ्नु भयो तव सम्म दुश्मनका हमला प्रतिरोध गर्दै अघि बढ्नु भयो जब सम्म वहाँको शरीर दुश्मनको गोलीले वारपार भएन तब सम्म अघि बढी रहनु भयो ।
हिउँदको ठण्डी फापरवारीको गाउँ हुस्सुले घप्लक्का अंगालो मारेको थियो । घाम कति बेला देखापर्ला र हामी यो चिसोको आंतकबाट मुक्ता हौला भनेर विहान अबेर सम्म ओछ्यानमै थियौ तातो चियाको साथमा । अघिल्लो दिनको कामको समिक्षा र आजको योजना कार्यन्वयन वारे सल्लाहमा व्यस्त थियौ हामी । शाही सरकार देशव्यापी मृत्युको बर्षा गर्दै थियो । भत्कीसकेको अपराधको स्वर्ग बचाउन थप अपराध गर्दै थियो । गाउँ बस्ती भञ्ज्याङ्गवेशी बुढाबुढी केटाकेटी उसको निशानाबाट कोही टाढा थिएनन् । दिनहुँ जस्तो हत्या बलात्कार भिडन्त अनि नक्कली भिडन्तका खबर सरकार समर्थित रेडियोको तरमा बगिरहथ्यो । कुन बेला कहाँ कसको खुशी खोसिन्छ ठेगान थिएन जताततै शाही सत्ताको जंगली राज र आंतकको नाच चलेको थियो । जनताका खातिर माओवादी त्यसको प्रतिरोध मा अघि बढीरहेको थियो । रेडियोको तंरगमा यी वाक्यहरु सुन्दा म झसंग भए । रसुवाको ठुलो गाउँमा सुरक्षाकर्मी र आतंककारी बीच दोहोरो भिडन्त हुँदा आठ जना आतंकवादीको घटना स्थलमै मृत्यु थुप्रै हातहतियार विस्फोटक पदार्थ र बन्दोबस्तीका सामान वरामद । आतंकवादीको हालसम्म सनाखत हुननसकेको श्रोतको जानकारी । मेरो आखाँ वरिपरि थुप्रै परिचित अनुहार नाच्न थाले । त्यति बेला त्रिशुली पारीको नुवाकोट रसुवा र धादिङ मिलाएर एउटै जिल्ला बनाएको थियो । मैले ०५०/०५१ र ०५७/०५८ सालमा नुवाकोटमा पार्टीको जिम्म लिएर काम गरेको थिए । यसैले पनि धेरै साथीहरु परिचित थिए । स्वभाविक रुपमा मृत्युको खबरले अस्वाभाविक पिडा र उदेलना पैदा गर्ने गर्छ । म हाम्रो संचार सम्पर्क मार्फत शहादत प्राप्त गर्ने कमरेडहरुको परिचय जान्ने कोशिसमा लागे तर असफल दिनभर जस्तो रेडियोको व्याण्ड बटारिरहयौ कुनै पत्तो लागेन । एक हप्ता पछि थाहा भयो रसुवाको ठुलो गाउँमा शहादत प्राप्त गर्ने मेरा प्रिय मित्रा नवराज अधिकारी पनि रहेछन् । परिचय दिदै जादाँ थाहा भो डाडाँ गाउँको त्यो पाखामा क्रान्तिकारी योद्धा मेरो आदरणीय अभिभावक बीर बहादुर मास्टरको रगतले पनि त्यो पाखा रङ्गिएको रहेछ । चलचित्रका द्धश्य झै वहाँ संगको विगतका सहकार्य मेरो मष्तिष्कमा घुम्न थाल्यो । देउरालीको भूमेदेविमा दुवै हातले च्याप्प समाउदै देउरालीमा स्वागत छ भन्ने कमरेड अब हामी माझ रहनु भएन । मनु र मेरो प्रेमलाई विवाहमा बदलेर मलाई जीवनको नयाँ गोरेटो देखाउने अभिभावक हामी बीच रहेन । संधै गंम्भीर कम बोल्ने तर गहकिलो र सत्य बोल्ने बीर बहादुर मास्टर हामी बीच रहेन । मेरो आँखामा पिडाको आँशु छचल्कीन थाल्यो । छात्ती ढक्क फुलेर आयो । अनायसै श्वास बढे झै भयो । म धेरै बेर एकान्तमा रोईरहे । आँशुले कमीज भिजेछ । संकल्प गरे एक दिन हत्याराहरुलाई जन अदालतमा उभ्याउने छौं । सहिदको रगत खेर जान दिने छैनौं ।
२२ बर्ष पछि माओवादी आनदोलनमा गंभीर संकट पैदा भएको बेला म पुनः नुवाकोट माओवादीको नेतृत्व सम्हाल्न आईपुगेको छु । मलाई के कुरामा गर्व छ भने परिवारबाट बा,आमा र दाजु गुमाएकी क.मिना वाईबा हामी संगै हुनुहुन्छ नुवाकोट माओवादीको नेतृत्व तहमा । धोका विश्वास घात प्रतिक्रान्तिबाट पराजित भएको माओवादीलाई के हामी बीर बहादुरहरुको वलिदानको बलमा माथि उठाउन सक्छौ ? के हामी बीर बहादुरका सच्च अनुयानी बन्न सक्छौ ? तुलसिङ, टेकमान,प्रविण,र बिर बहादुरहरु जस्तै सैयौ नुवाकोटे क्रान्तिकारी योद्धाको विलदानलाई खेर जान नदिई हामी अनवरत क्रान्तिमा अघि बढ्न सक्छौ ? हामीले कुनै मुल्य चुकाएर पनि सक्नै पर्छ । बीर बहादुरहरुको सपना साकार पार्न सकेन भने हामी यो धर्ती माथि उभिनुको कुनै अर्थ रहने छैन । बीर बहादुरको त्याग र समर्पणबाट पाठ नसकी लोभ र स्वार्थमा डुब्ने माओवादीले आफुलाई माओवादी हुँ भन्ने अधिकार राख्दैन । शहीदको बलिदानको जगमा टेकेर व्यक्तिगत स्वार्थमा चुर्लुम्म डुब्नेहरुलाई बीर बहादुरको रगत कहिल्यै माफी दिने छैन । बीर बहादुरहरुलाई मारेर चैनका श्वास फेरौला, न्यायको हत्या गरियो भन्ने भ्रम पालेका जनताका वैरीहरु याद राख तिमीहरुको लुटको स्वर्गको राज सुरक्षीत छैन । बीर बहादुरको रगतबाट जन्मेका क्रान्तिबीरहरु फेरी नेपालमा अर्को मुक्ति अभियानको उदघोष गर्दैछन । यसपटक तिमी जनताका वैरीहरु कादापी क्षमा पाउने छैनौ । व्यक्तिगत स्वार्थका खातिर राष्ट्रको स्वाधिनता विदेशीलाई भेटी चढाउन पछि नपर्ने दलालहरु याद राख बीर बहादुरको रगत नेपाल आमाको रक्षाको खातिर बगेको हो । हामी तिमी दलालहरुको राष्ट्रघाती अभियान कादापि सफल हुन दिने छैनौं । बीर बहादुरका सन्तानहरु नेपाल आमाको रक्षाको लागि फेरी बन्दुक उठाउन पनि तयार छन् । उनीहरु माटोका खातिर बीर बहादुरहरु झैं सहीद हुन तयार छन् तर तिम्रा सामु जीवनका भिख माग्दै गुलामीको बाटो हिड्न तयार छैनन् । एक दिन हामी जित्ने छौ, अवश्य जित्नेछौ र बीर बहादुरहरुको अधुरो सपना साकार पार्ने छौं ।
Recent Comments