अमेरिकाको हेरिस्वर्गमा अवस्थित हिन्दुधर्म तथा साँस्कृतिक संगठनद्वारा सञ्चालित नेपाली शिक्षा कार्यक्रमको २०२०-२०२१ सत्रको परीक्षाको मिति तोकिएको छ। कक्षा -१ देखि ७ सम्मको परीक्षाको मिति सार्वजनिक भएको हो ।
शिक्षा विभागका कार्यक्रमका प्रधान अध्यापक महेन्द्र अधिकारीले गत बुधबार भएको बैठकलाई सम्बोधन गर्दै जून ५, २०२१ मा परीक्षा हुने बताएका हुन् । कक्षा अनलाइनमा भएको तर परीक्षा भने प्रत्यक्ष रूपमा संस्थाको भवन कक्षामा ९:०० बजे बाट सुरू भएर ११:०० समाप्त हुनेछ । जुन महिनाको १२ तारिकमा यस सत्रको समापन हुँदैछ। अमेरिकाको शिक्षा प्रणाली अनुरूप आगामी सत्र सुरू हुने अधिकारीले बताए ।
संस्थानका अध्यक्ष डा. तुलराम न्यौपानेका अनुसार अमेरिकाको पेन्सिलभेनिया राज्यको हेरिस्वर्ग शहरमा विगत २०१५ सालदेखि नेपाली शिक्षा कार्यक्रम सञ्चालित छ । हरेक वर्ष एउटा कक्षा थपिदै आएको र यस पट्क कक्षा आठ थपिने संस्थानले जनाएको छ । संस्थानमा प्रत्येक वर्ष २५० देखि ३०० बालबालिकाहरू लाभान्वित हुँदै आएका छन् । संस्थानको भवनमा योगा कक्षा, प्रज्ञा कक्षा, गीता कक्षा, कर्मकाण्डीया कक्षा, वेद कक्षा र प्रौढ अंग्रेजी कक्षा पनि संचालनमा हुने गरेको छ ।
नारद प्रसाद आचार्यबाट