गीतकार भरत सिग्देलको राष्ट्रिय गीत ‘मुटुभित्र सिमा दुख्छ’ छिट्टै सार्वजनिक हुने भएको छ । सिग्देलको शब्दमा विकास चौधरीको संगीत र विकास लिम्बुको स्वरमा रहेको गीत एम पि टु एन क्रियसनले बजारमा ल्याउन लागेको हो । गीतको भिडियो उषा मलाहा सिम्रनले बनाएका हुन् ।
गीतमा देशप्रेम पोखिएको छ । देशलाई मुटुमा राखिएको र सीमा दुख्दा मुटु दुख्ने देश दुख्ने भाव झल्काइएको छ । आफ्नै देशको भाषा भेष र भोजन नै मीठो हुन्छ भन्ने भाव गीतमा पाइन्छ ।
लय संग्रौला, उत्तम केसी, मनोज गजुरेल, उदय सुब्बा, डा. भिमलाल तामाङ, रश्मी भट्ट, सुचित्रा श्रेष्ठ, सुवास मेचे, समर बहादुर आले मगर, दीपकराज खतिवडा, सोमबहादुर तामाङ, तोयानिधि पौडेल, शान्ति सिग्देल, अस्मिता सिग्देल लगायतको अभिनय रहेको भिडियो छाँयांकन खेम थापा मगरले गरेका हुन् ।
नारद आचार्य सुदामा र केशव वैरागी माईलोको निर्माणमा रहेको गीतको छायाँकन काठमाडौँ र नुवाकोटका विभिन्न स्थानमा गरिएको हो ।