-प्रकाश फुयाल
ककनी १ नुवाकोट
ए संवेदनाहिन
ए मानवता विहिन ठेकेदार
तिमीमा अलिकति मानवता बँचेको छ भने
तिमीमा अलिकति पनि
चेतनाले काम गरिरहेको छ भने
तिमी आकाशतिर फर्केर होइन
आफू जन्मिएको माटोतिर फर्किएर हेर
आफू जन्मीएको भूगोलतिर फर्किएर हेर
आज हजारौं लाखौं जनहरू ,
यहाँका जीव वनस्पतिहरु
तिम्रो कर्मप्रति धिक्कार गरिरहेका छन् ।
प्रकृती पनि कपूत सन्तान जन्माएकोमा
पश्चातापको अग्निमा जलेर
नतमस्तक छिन ।
धिक धिक, कष्ट कष्ट मानिरहेकी छिन ।
ए अधिकारी ठेकदार,
यदि तिमीमा ढुंगाको मुटु छैन भने
र ती लाखौं लाख जनहरुको आवाजलाई
सुन्नका लागि बनेको कान यदि
बहिरो भैसकेको छैन भने,
सुरासुन्दरीको तनमा मदान्द भएर
अझै पनि आफूलाई बिर्सिसकेका छैनौं भने
र, अझै पनि होस बाँकी छ भने
ती महान सपूत नारी
पासाङ्ग ल्हामुको छात्तीमाथी टेकेर
तिम्रा ती हिंस्रक नंग्राले
चिथोर्ने चिमोट्ने काम नगर ।
यहाँका मानवीय कोमल मन मुटुहरूमा
तिम्रा तिखा ती दानविय दाह्राहरु नगाड
तिम्रा ती जल्लादी हातहरूले
तिम्रा ती कू-कृत्यकर्महरुले
आज सिंगो मानव वस्ती धूलाम्य भएको छ
हिलाम्य भएको छ,
जीवन कष्टकर भएको छ ।
तिमीले खनेका राजमार्गतिर हेर,
कतै पैह्रो गएको छ,
कतै पानी जमेर ताल तलाउ भएको छ,
किसानका खेतवारीमा भेलहरु पसेर
कति अन्नवालीहरु नष्ट भए,
कतिमानवीय दुर्घटनाहरू भए
त्यसको क्षतिपूर्ति भर्ने
तिमीमा साहस छकी छैन ?
ए जल्लादी ठेकदार,
ए पैशाच्य ठेकेदार
के तिमीलाई तिम्रा मालिकहरूले
पासाङ्ग ल्हामु राजमार्ग बनाउन
पठाएका हुन् कि,
जनजीवनलाई कष्टकर बनाउन पठाएका हुन् ?
यहाँको मानवीय संवेदनामाथि खेलवाड गर्ने
अधिकार कस्ले दियो ?
अरुको जीवनलाई तुच्छ ठान्ने
ए कन्सट्रक्नसका हिमायती
ए सम्भ्रान्त वर्गका मालिक
तिम्रो प्रतिउत्तरमा
हामीलाई जवाफ दिए देउ नदिए नदेउ
तर हाम्रो पासाङ्ग ल्हामु राजमार्ग तुरन्त बनाउ
तुरुन्त कालोपत्रे गर
होइन भने जनताको माझमा कुनैदिन
माफी माग्न लायक हुने छैनौ
विचार गर
सडकको दुरावस्था सँगै
असार साउनमा आएको भेलवाडीले बगाएर
तिमीलाई पनि बगरमा फालिदिने छ
कुनै दिन होस गर ।
Recent Comments