–डा. हेमराज कोइराला
खनिजतत्व र नुन आदिबाट मृगौलामा बनेकोे कठोर डल्लोलाई मृगौलाको पत्थरी भनिन्छ ।हुनत मृगौलाको पत्थरी हुनमा धेरै कारक तत्वहरू जिम्मेबार छन् तर हामीले खाने खानेकुराहरूको भूमीकाती सबै कारक तत्वहरू मध्ये मूख्यमानिएको छ ।मृगौलाको पत्थरी हुँदा के खाने वानखाने भनेर निक्र्यौल गर्नुभन्दा पूर्व हाम्रो शरिरमा बनेको पत्थरी कस्तो प्रकारको हो भनेर थाहपाउनु पर्ने हुन्छ किनकिहामीले एक खालको पत्थरीको लागिराम्रो खानेकुरा अर्को खालको पत्थरीको लागि नराम्रो हुन सक्दछ । यसर्थ मृगौलाको पत्थरी हुँदा चिकित्सकलाई सोधेर कस्तो किसिमको पथ्थरी हो भनेर निक्र्यौल गर्नुपर्ने हुन्छ ।एक चोटि पत्थरीको प्रकृति निक्र्यौल गरिसके पछिअनि त्यस पछि मात्र के खाने र के नखाने भनेर छुट्याउनु पर्ने हुन्छ ।
पत्थरीको प्रकारः मृगौलामा बन्ने पत्थरी मूलतःचार प्रकारका छन् ।
१. क्यालसियम अक्जेलेट पत्थरीः
२. क्यालसियम फस्फेट पत्थरीः
३. यूरिक एसिड पत्थरीः
४. सिस्टिनपत्थरीः
क. क्यालसियम अक्जेलेट पत्थरीमा के नखाने ?
यो पत्थरी धेरै व्याक्तिमा देखिने पत्थरी हो र यस किसिमको पत्थरीको निर्माण पिसापमा निहित क्यालसियम संग अक्जेलेटमिलेर अघुलनशिल क्रिष्टल बनाए पछि हुने गर्दछ । क्यालसियम र अक्जालेट दुबै हामीले खाने धेरै खानेकुराहरूमा पाईने गर्दछ । यीमध्ये क्यालसियम हाम्रो शरीरका लागि चाहिने तत्वहो भने अक्जेलेटको उपयोग शरीरले गर्दैन । यसर्थ क्यालसियम अक्जेलेट पत्थरी हुन नदिनको लागि मुख्यत उच्च अक्जेलेट भएको खानेकुराहरूलाई निषेध वा कम गर्नु पर्दछ । यसै गरि शरीरमै अक्जेलेट बन्न मद्यत गर्ने विभिन्न प्रकारका खानेकुराहरू पनि त्याग्नु पर्ने हुन्छ ।
१. उच्च अक्जेलेट भएका खानेकुराहरू ः
– पालुङ्गो ।
– भाण्टा
– काजु, पिस्ता र बदाम ।
– कालो अङ्गूर
– च्याउ
– फर्सी
– काक्रो
– टमाटर
– अमला
– मिसो सुप ।
– बोक्रा सहितको आलु ।
– चूकन्दर ।
– कोका पाउडर
– भिण्डी ।
– फ्रेन्चफ्राई ।
– रास्पबेरी ।
– स्टेभिया ।
– सूठूनी
२. चर्को नुन हालिएका खानेकुराहरू ः चाहिने भन्दा ज्यादा नुनको सेवन गर्दा नुनमा भएको सोडियमले पिसाबको रूपमा बाहिर गईरहेको पानीलाई पुनःअवशोषण गरि पिसाबलाई बाक्लो बनाउने गर्दछ । यसो हुँदा पिसाबमा क्यालसियमको मात्रा बढ्न गई अक्जेलेटसँग संयोग भई क्यालसियम–अक्जेलेट क्रिष्टल बन्ने गर्दछ । यसर्थ मृगौलाको पत्थरीकाट बच्नका लागि उच्चमात्रामा नुन हालिएको, अजीनोमोटो हालिएका एवं, तारे भूटेको, चटपटे, फ्राईडफूड, जंङ्कफूड, बोतल र बट्टाबद्ध खानेकुराहरू आदिको सेबन गर्नु हुदैन ।
३. प्राणीजन्य खानेकुराहरूः माछा, मासु र अण्डा जस्ता जनावरबाट प्राप्तप्रोटीनको सेवनले पनि मृगौलाको पत्थरीलाई बढाउदछ । यसर्थ जनावरजन्य खानेकुराहरू जस्तै माछा, मासु, अण्डा, दुध, दही, चिज, पनिर, बटर आदिको सेवनगर्नु हुदैन ।
४. उच्चमात्रामा भिटामिन सीको सेवनगर्ने गर्दा पनियसले शरिरमा अक्जेलेट उत्पादन गरि उच्च पत्थरी बनाउन मद्यत गर्दछ । यसर्थ प्रतिदिन भिटामीन सीको सेवन ५०० मिग्राभन्दा ज्यादा हुनु हुदैन् ।
ख. क्यालसियम फस्फेट पत्थरीमा के नखाने ? ः
पिसाबमा भएको क्यालसियमले जवपिसापमै भएको फस्फेट मिनरल संग संयोग गरि बनाएको पत्थरीलाई क्यालसियम फस्फेट पत्थरी भन्ने गरिन्छ ।क्यालसियम फस्फेटको पत्थरी भएकाहरूले अक्जेलेट भएको खानेकुराहरू खान सक्छन तर उच्चफस्फेट भएको खानेकुराहरू खान सक्दैनन ।
जस्तै ः
१. माछा, मासु अण्डा जस्ता जङ्गमखाद्यः प्राणी बाट प्राप्त खानेकुराहरूमा उच्चमात्रामा फस्फोरस पाईन्छ । खाएको फस्फोरस रगतहुदै पिसाबमा उत्सर्जित हुदै गर्दा क्यालसियमसंग प्रतिक्रिया गरेर क्यालसियमफस्फेटको क्रिष्टल बनाउने गर्दछ ।
२.दुध, दहि, मही, चिज, पनिर, बटर जस्ता खानेकुरामा पनि उच्च मात्रामा फस्फोरस पाईने हुँदा पत्थरी बनाउन मद्यत गर्दछ,
३. सामुन्द्रिक खानेकुराहरू पनि फस्फोरसको उच्च श्रोत हो ।
४. जङ्क फूडः जंङ्कफूडमा खानेकुरालाई सड्न नदिने तत्वको रूपमा फस्फोरस प्रयोग गरिएको हुन्छ । यसै गरि स्वाद बढाउन र आकर्षक बनाउनको लागि पनि फस्फोरस प्रयोग गरिन्छ ।यसर्थ जङ्कफूड, फाष्टफूड, प्रोसेष्डफूड, केनफूट आदिको सेवन गर्नु हँुदैन ।
५. चर्को नुनको सेवनः उच्च मात्रामा नूनको सेवन गर्ने गर्दा यसले पिसापलाई बाक्लो बनाउने हुँदा क्यालसियम र फस्फोरसलाई प्रतिक्रिया गर्ने प्रबल सम्भावना बढाईदिन्छ ।
ग. यूरिक एसिड पत्थरी हुँदा के नखाने ?
रगतमा यूरीक एसिडको मात्रा बढे सगै यूरिक एसिड पत्थरी हुने सम्भावना बढेर जान्छ ।यसर्थ यूरिक एसिड बढाउने निम्न लिखित खानेकुराहरू नखानुहोला ।
१.माछा—मासुः यूरिक एसिड पत्थरी भएका र यूरिक एसिड बढेकाहरुले रातो मासु, फलमासु, ठूला जनावरका मासु, हासको मासु, टर्कीको मासु मुुटु, कलेजो, मिर्गौला र गिदी जस्ता भित्रीअङ्गको मासु खानहुँदैन , रातो मासु र भित्रीमा सुमाप्यूरिन न्यूक्लिक अम्लको मात्रा ज्यादा हुने भएकाले यी पदार्थको सेवनले युरिक एसिडको मात्रा बढ्दछ ।
२.समुन्द्री खाद्यान्नः विशेषगरी झिङ्गे माछा, प्राउन, लोवस्टोर , हेरिङ्ग, ट्यूना, एन्कोभिज प्र्रजातीका माछाहरु र अन्य समुन्द्री वनस्पति हरुबाट निर्मित खानेकुराहरुमा प्यूरिन न्यूक्लिकअम्लको मात्रा बढी भएकाले यूरिक एसिड बढ्दछ र यूरिक एसिड पत्थरीमा खान राम्रो मानिँदैन ।
३.मदिरा ः– युरिक एसिड बढ्दा रक्सि, ब्राण्डी, वीस्की, रम जस्ता अल्कोहोलिक पेय सेवन सर्वथा बर्जित छ । मदिरा जन्य पेयले शरीरमायूरिक एसिडको मात्र बढाउनुको साथसाथैै शरिरमा बनेको यूरिक एसिडलाई पिसाप बाट उत्सर्जन हुनपनि रोक्दछ ।
४.कोल्ड ड्रिङ्कसः– कोकाकोला, पेप्सीकोला, स्प्राइट, फेण्टा, मिरिण्डा जस्ता कार्बोनेटेड र मधुराकृत पेय हरुले यूरिक एसिडलाई बढाउछ । फ्रूूक्टोज–स्वीटण्ड– ड्रिङ्कस मह पानी ,सोडापानी पनियूरिक एसिडका लागि राम्रो होइन । यी पेयहरुमा प्रचूर मात्रामा फ्रूूक्टोज पाइन्छ । प्रूूmक्टोजले एटीपी लाई एएमपीमा तोडेर यूरिक एसिडको उत्पादनलाई बढावा दिन्छ ।
५.दाल – गेडागुडि ः– दाल तथा गेडागुडिमा प्रशस्तमात्रामा प्यूरिन न्यूक्लिकअम्ल पाइन्छ । यो अम्लउपयोग पश्चात शरिरमा प्रशस्त यूरिक एसिड बन्छ र यूरिक एसिड पत्थरी हुन सम्दछ ।
६.कुरिलो, फूलकोबी, बन्दाकोबी, पालुङ्गो, च्याउ र गोलभेंडा जस्ता सागपातमा अन्य सागपातमा भन्दा धेरै प्यूरिन पाइन्छ । यसका अलावायी फलफूल र तरकारीमा आक्जलेट को मात्रापनिज्यादा पाइन्छ । यसर्थ यस्ता तरकारीको सेवन कुनै पनि प्रकारको पत्थरीकालागि राम्रो होईन ।
७.जङ्क फूड ः– जंकफूड तथा बेकरी उत्पादनमा सेचुरेटेड फ्याट धेरै हुन्छ । यसकाअलावा जंकफूड माहालिएको प्रीजरभेटीभले पनि रगतमा यूरिक एसिडको मात्रालाई बढाउन र गौट बाथको विकृततालाई बढाई समस्याल्याउन सक्छ । जंकफूड ज्यादाखादातौल बढ्न गई यूरिक एसिड बढ्ने समस्या आउछ र पत्थरी बन्दछ ।
८.अचार (पुरानो) तामा, गुन्द्रुक सिन्की पनि यूरिक एसिडका लागि राम्रो होइन यस्ता खानेकुराको सेवनले रगतमा यूरिक एसिड बढाएर यूरिक एसिड पत्थरी बन्न सहयोग गर्दछ ।
घ. सिष्टिन पत्थरी हुँदा के नखाने?
प्रोटिन बनाउन प्रयूक्त हुने सिष्टिन एमाईनो एसिडको रक्तमात्रा ज्यादा भएर पिसाबमा उत्सर्जित भएर बन्ने सिष्टिन पत्थरी अन्य पत्थरी भन्दा आकारमा ठूलो हुने गर्दछ र एक पछि अर्को बनी रहने गर्दछ । यस किसिमको पत्थरीको मुख्य कारण सिष्टिन्यूरीया भन्ने आनुबंशीक रोग हो । यद्यपि खानेकुराहरूको पनि सिष्टिन पत्थरी गराउनमा विशेष भूमिका हुन्छ । माछा, मासु, अण्डा, दुध, दही, चीज, पनिर जस्ता जङ्गम श्रोतका खानेकुराले यस किसिमको पत्थरी गराउनलाई सहयोग गर्दछ । यसैगरि अत्याधिक नुन हालिएका खानेकुराहरू जस्तै फ्रे, फ्राई, आलु चिप्स, ससेज, पुरानो अचार आदिको सेवनले पनि सिष्टिन्यूरीयालाई बढाउदछ ।
यसै गरि कम पानी पिउनेहरूलाई पनि सिष्टन पत्थरी हुने सम्भावना रहन्छ । पानी कम पिउदा पिसाबको अम्लता बढेर पत्थरी बन्ने गर्दछ ।