काठमाडौं ।
गैर आवासीय नेपाली संघ (मलेसिया) ले मलेसियामा समस्यामा परेकाहरुलाई सहयोग गर्न प्रतिनिधि खटाएको छ । विश्वभर फैलिएको कोरोना महामारीका कारण समस्या परिरहेको कुरालाई मध्यनजर गर्दे मलेसियामा खर्चबिहिन खाद्यअभाव तथा बिरामी भए सम्पर्कका लागि अनुरोध गर्दै प्रतिनिधि खटाईएको हो ।
एनआरएनए मलेसियाले केन्द्रीय सदस्य केशवकान्त झा (०१४३०३१६९२) लाई सम्पर्क गरेर सहयोग लिन सकिने जनाएको छ । यस्तै विभिन्न क्षेत्रका लागि क्वालालम्पुर क्षेत्रका लागि वरिष्ठ उपाध्यक्ष सुन्दर आले मगर (०१०३७५३४१३) महासचिब हेमराज सापकोटा (०११२६३१३१७०) जोहोर क्षेत्रका लागि उपाध्यक्ष ज्ञानेन्द्र सिंह (०१६९००९९४०) कोषाध्यक्ष कृष्ण प्रसाद नेपाल (०१४३६७७०६७) युवा सयोजक रबिलाल अधिकारी (०११६१७६३०२४) जोहोर शाखा को तर्फबाट अध्यक्ष मीन गुरुङ (०१६७८११५६७) सचीव अर्जुन अनुरागी (०११६२१९११७५) लाई सम्पर्क गर्न सकिने जनाएको छ । यस्तै मुहार-बातुपात क्षेत्रका लागि सचिब रन्जित कुमार क्षेत्री (०१४३२११६०३) इपो-ताइपिङ क्षेत्रका लागि सचिव नेत्र केसी (०१६२९३०२७४) मलक्का क्षेत्रका लागि महिला संयोजक श्रद्दा देवान (०१२९१९८९६६) र सदस्य बिरेन्द्र कार्की (०११२७७६७२३५) तथा सेरेम्बान निलाइ क्षेत्रका लागि केन्द्रिय सदस्य केशब कान्त झा लाई सम्पर्क गर्न सकिने जनाइएको छ ।
मलेसियामा बस्ने सबै नेपालीलाई सुरक्षीत बस्न अपिल गर्दै एनआरएनए मलेसियाले समस्यामा परेका नेपालीलाई सकेसम्म सहयोग उपलब्ध गराउने जनाएको छ ।



















































