सेयर
एजेन्सी ।
छिमेकी मुलुक भारतमा जिका भाइरस संक्रमण पुष्टि भएको छ । लामखुट्टेबाट सर्ने संक्रमणजन्य रोग हालसम्म ८ जनामा पुष्टि भएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । भारतको पुणेमा ६ जनामा र अहमदनगर तथा कोल्हापुर जिल्लामा एक/एक जनामा जिका भाइरस संक्रमणको पुष्टि भएको त्यहाँका अधिकारीले पुष्टि गरेका हुन् ।
नेसनल इन्स्टिच्युट अफ भाइरोलोजी (एनआईभी) का अधिकारीहरूले देशभरबाट १०६ नमुना प्राप्त गरेको र अहिलेसम्म आठ जनामा जिका भाइरस संक्रमणको लागि सकारात्मक परीक्षण गरिएको बताए। जिका लामखुट्टेबाट सर्ने भाइरस हो। यो भाइरस लामखुट्टेको टोकाइबाट सर्ने भए पनि यो यौन सम्पर्कबाट समेत सर्ने चिकित्सकहरुले बताएका छन् । यो रोग ज्वरो, दाग र जोर्नी दुखाइसँगै सुरु हुन्छ ।
shere this









































