काठमाडौँ ।
नेकपा(वाेल्शेभिक) ले नयाँ संयुक्त जनआन्दाेलनकाे कार्यदिशामा नयाँ साँस्कृतिक क्रान्तिकाे कार्यदिशा पनि समायाेजन गरेर कार्यदिशालाइ परिमार्जन गर्ने निर्णय गरेकाे छ । बोल्शेभिकको केन्द्रीय समिति बैठकले गरेको निर्णयमा नयाँ संयुक्त जनआन्दोलनको कार्यदिशामा शुरु देखिनै नयाँ सांस्कृतिक क्रान्तिको कार्यदिशापनि फ्युजन (समायोजन) गर्दै जानुको पहिलो उद्देश्य आगामी क्रान्तिकारी आन्दोलनमा नेतृत्वले वीच वाटो मै वर्ग परिवर्तन गर्ने तिर नलागोस् र सर्वहारा वर्गीय मालेमावादी विश्व दृष्टिकोणको परित्याग गर्ने वाटोमा नलागोस् भन्ने उद्देश्य रहेको उल्लेख गरिएको छ ।
वैठककाे निर्णयकाे पूर्ण पाठ ः
नेपाली क्रान्तिकारी आन्दोलनमा वारम्वार वीच वाटो मैं गलत सम्झौता हुने र नेतृत्वको एक हिस्साले क्रान्तिकारी जनपक्षीय वाटो र लक्ष्य परित्याग गर्दै आफैलाइ पुरानो सत्ताधारी प्रतिक्रियावादी वर्गमा रुपान्तरण गर्ने गम्भीर समस्या वारम्वार दोहरिंदै आएको छ । तसर्थ नेकपा(वोल्शेभिक)को यस केन्द्रिय समितिको वैठकले नेपाली क्रान्तिको कार्यदिशा—“नयाँ संयुक्त जनआन्दोलनको कार्यदिशा” मा शुरु देखि नै “नयाँ सांस्कृतिक क्रान्तिको कार्यदिशा”लाई पनि समायोजन(फ्युजन) गर्दै “नयाँ साँस्कृतिक क्रान्तिको फ्युजन(समायोजन) सहितको नयाँ संयुक्त जनआन्दोलनको कार्यदिशा” को संश्लेषण गर्ने निर्णय गर्दछ ।
नयाँ संयुक्त जनआन्दोलनको कार्यदिशामा शुरु देखिनै नयाँ सांस्कृतिक क्रान्तिको कार्यदिशापनि फ्युजन (समायोजन) गर्दै जानुको पहिलो उद्देश्य आगामी क्रान्तिकारी आन्दोलनमा नेतृत्वले वीच वाटो मै वर्ग परिवर्तन गर्ने तिर नलागोस् र सर्वहारा वर्गीय मालेमावादी विश्व दृष्टिकोणको परित्याग गर्ने वाटोमा नलागोस् भन्ने उद्देश्यले जनआन्दोलन पनि संगसंगै गर्नु हो ।
यदि कुनै नेतृत्वले वर्ग परिवर्तन र सर्वहारा विश्व दृष्टिकोणवाट विचलित भई क्रान्तिलाई विचवाटो मै परित्याग गर्ने तिर लागेमा गलत नेतृत्वलाई विस्थापित गरेर क्रान्तिकारी आन्दोलनलाई विजयको शिखर तर्फ नेतृत्व गरेर लान सक्षम क्रान्तिकारी उतराधिकारीहरुको पंक्ति तयार पार्नु यसको दोश्रो उद्देश्य हो ।
विगतमा क्रान्तिकारी आन्दोलन प्रति धोका र गद्दारी गर्ने नेताहरुको हेडक्वाटरमाथि आम जनतालाई परिचालन गरी वैचारिक राजनैतिक बमवर्षा गर्नु र उनीहरुको भ्रममा परेका इमान्दार कार्यकर्ताहरु र जनतालाई भ्रम मुक्त गरेर नयाँ क्रान्तिकारी पार्टीमा एकतावद्ध गर्नु यसको तेश्रो उद्देश्य हो ।
नेपाल तथा विश्वको कम्युनिष्ट आन्दोलनमा अहिले देखिएका विभिन्न खालका दक्षिणपन्थी, उग्रवामपन्थी तथा मध्यपन्थी अवसरवादका विरुद्ध वैचारिक र राजनैतिक वमवर्षा गर्न आम नेता कार्यकर्ता र जनता परिचालन गर्नु तथा उनीहरुको भ्रममा परेका इमान्दार कार्यकर्ता तथा जनतालाई क्रान्तिकारी मालेमावादी धारमा एकतावद्ध गर्नु यसको चौथो उद्देश्य हो ।
नयाँ साँस्कृतिक क्रान्तिलाई नयाँ संयुक्त जनआन्दोलनको कार्यदिशामा समायोजन गर्दै संगसंगै अघि वढाउनुको पाँचौं उद्देश्य आम नेता, कार्यकर्ता र जनतालाई पनि वर्ग संघर्षका साथै वैचारिक राजनैतिक शिक्षा र विश्व दृष्टिकोण रुपान्तरणको महा अभियानमा सहभागी गराई क्रान्ति सफल पार्ने वलियो आधार तयार पार्नु हो ।
नयाँ सांस्कृतिक क्रान्तिको तरिकाहरुको रुपमा महान वहस(ग्रेट डिवेट) तथा जनपरिचालन र जनआन्दोलनका विविध श्रृजनात्मक स्वरुपहरुको विकास र प्रयोग गर्दै अघि वढ्नु पर्दछ । क्रान्ति अगाडि मार्क्स देखि माओ सम्मले विभिन्न खालका अवसरवादी विचारहरुका विरुद्धको अन्तरसंघर्षमा अपनाउनु भएका तरिकाहरु र चीनमा माओले विकास गर्नु भएको महान सर्वहारा सांस्कृतिक क्रान्तिको विषयमा गहन अध्ययन गर्ने अभियानपनि चलाउनु पर्दछ ।
हामीलाई विश्वास छ कि नेकपा(वोल्शेभिक)को यो संश्लेषणले क्रान्तिकारी आन्दोलनहरु सफल हुन नसकिरहेको अहिलेको विश्व परिस्थितिमा समय सापेक्ष नयाँ क्रान्तिकारी कार्यदिशा वनाउन हामी सफल भएका छौं र यसलाई व्यवहारमा लागु गर्ने क्रममा अझै सम्वृद्ध गर्दै क्रान्तिलाई विजयी वनाउन हामी सफल हुनेछौं ।
नेकपा(वाेल्शेभिक) केन्द्रीय समिति
२०७७ असाेज