नुवाकोट ।
नुवाकोटको दुप्चेश्वर गाउँपालिका- गौखर्कमा कांग्रेस, एमाले र राप्रपामा संगठित भएकाहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् । शनिबार दुप्चेश्वर २ नम्बर र ७ नम्बर वडा सम्मेलनका क्रममा विभिन्न पार्टीमा संगठित र सक्रिय रहेका स्थानीय नेता कार्यकर्ता पार्टी छाडेर माओवादीमा प्रवेश गरेका हुन् । उनीहरुलाई माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं संघीय सांसद हितबहादुर तामाङ लगायतले पार्टीमा स्वागत गर्नुभएको थियो ।
एमालेबाट रेग्पा तामाङ, कांग्रेसबाट तोकपेन तामाङ, आशेक तामाङ, राजु तामाङ, कृष्णाा तामाङ, रामबहादुर तामाङ, जिरलामा तामाङ, मानसिं तामाङ, टंक तामाङ, राप्रपाबाट शिरलामा तामाङ पार्टी प्रवेश गर्नुभएको छ । कांग्रेसबाटै बुद्धिमान तामाङ, अन्तरसिंह तामाङ, नुर्बु तामाङ, सुनिल तामाङ, यमबहादुर तामाङ, रुपलामा तामाङ, इरमान तामाङ, वीरेन्द्र तामाङ, मारमेन्दो तामाङ, सुनमाया तामाङ, साइँली तामाङ, मुइलामा तामाङ, टेकबहादुर तामाङलगायत माओवादीमा प्रवेश गर्नुभएको हो ।
‘जनतासँग माओवादी’ विशेष रुपान्तरण ४ महिने अभियानको क्रममा माओवाद केन्द्र दुप्चेश्वर गाउँपालिका वडा न.२ र ७ मा शनिबार वडा सम्मेलन सम्पन्न भएको थियो । सम्मेलनले वडा न. २ लक्ष्मण तामाङको नेतृत्वमा २९ सदस्यीय समिति चयन गरेको छ । त्यसैगरी वडा न. ७ मा पनि नेमा तामाङको नेतृत्वमा २९ सदस्यीय समिति चयन भएको माओवादीले जनाएको छ । वडा न. २ र ७ मा वाईसीएल नेपाल वडा समितिहरु पनि निर्माण गरिएको छ । २ न. वडामा विश्वासकुमार तामाङको नेतृत्वमा र ७ न.वडामा दावा तामाङको नेतृत्वमा वाइसीएल वडा समितिहरु निर्माण भएका छन् ।









































