-भरत सिग्देल
वी- वीरताको प्रतिमुर्ति अँधेरीको जून तिमी
र- रक्तक्रान्ति गौरवमयी सङ्गीतको धुन तिमी
स- सतिसाल जस्तै अटल, अजर, अमर वीर गाथा
हि- हिमाल झैं अडिग आस्था खारिएको सुन तिमी
द- दबिएका हेपिएका जनमनमा बास बस्दै
वा- वायुवेग पछ्याउँदै बढ्यौ गगन छुन तिमी
सु- सुन्दर संसार निर्माण गर्ने पवित्र त्यो अभियानमा
ला- लामबद्ध सिपाहीका रक्तबीज खुन तिमी
ल- लठ्ठी टेक्दै वनपाखा उकाली र ओरालीमा
स- सहरदेखि गाउँसम्म चिसो छेक्ने ऊन तिमी
ला- लाल किल्ला बनाएर रातो झण्डा फहराउने
म- महासमरमा लड्दै पुग्यौ सहिद हुन तिमी
shere this