सुन्दरसिंह धामी
दार्चुला
दार्चुलाको व्यास गाउँपालिका–१ मा हिमपहिरोमा परेर सम्पर्कविहीन रहेका पाँच जनामध्ये दुई महिला र एक पुरुषको शव फेला परेको छ । हिजो मङ्गलबारदेखि हिमपहिरोमा परेर सम्पर्कविहीन रहेका यार्सा सङ्कलकमध्ये सात जनाको सशस्त्र प्रहरीले उद्धार गरेको थियो भने पाँच जना सम्पर्कविहीन थिए ।
दार्चुलाको छाङरुमा रहेको सशस्त्र प्रहरी बल ५० नम्बर गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक ईश्वरीदत्त भट्टले केहीबेर अघि बेपत्ता भएको ठाउँबाट झन्डै अढाइ किलोमिटर तल हिउँभन्दा बाहिर तीन जनाको शव भेटिएको जानकारी दिनुभयो । ‘शव भेटिएपछि स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थल पुगिसकेको छ’, उहाँले भन्नुभयो, ‘शव भेटिए पनि पहिचान भने खुलिसकेको छैन ।
अझै २ जना बेपत्ता छ्न । तिनिहरुको पनि खोजी कार्य भै रहेको प्रमुख जिल्ला अधिकारी किरन जोशिले बताइन । अहिले पनि मुसलधारे पानी परेकोले उद्दार कार्यमा कठिन भएको उद्दारमा खटिएको टोलिले जानकारी दिएको छ ।
अहिले उक्त क्षेत्रमा हेलिकप्टर पठायो भने केही सहज हुने स्थानियले अनुमान गरेका छन् । अहिले ३ जनाको शव भेटिएपनी जिल्ला सदरमुकाम कसरी ल्याउने भन्नेमा समस्या भएको छ । नेपाल सरकारको तर्फबाट अहिलेसम्म केही पहल नभएको पिडित पक्षको भनाइछ ।