नुवाकोट ।
नुवाकोटको झिल्टुङमा हरेक वर्ष हुँदै आएको झिल्टुङ क्रस कन्ट्री दौडको यसवर्षको संस्करण माघ ६ गतेदेखि हुने भएको छ । बेलकोटगढी नगरपालिका वडा–५, नुवाकोटले बुधबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको आठौँ संस्करणबारे जानकारी गराएको हो ।
एथलेटिक्स परिवार नेपाल प्राविधिक सहयोग तथा संयोजन गरेको प्रतियोगितामा खुला महिला तथा पुरुष, स्थानीय पुरुष, भेट्रान खुला पुरुष, खुला जुनियर १६ वर्ष मुनिका छात्रा÷छात्र, स्थानीय १६ वर्ष मुनिका छात्रा/ छात्र, ४५ वर्ष माथिका स्थानीय पुरुष र स्थानीय आमा समूह गरी १० विधा समेटिनेछन् । तीमध्ये खुला महिला/पुरुष, स्थानीय पुरुष, भेट्रान खुला पुरुष १३ दशमलव ४ किलोमिटर तथा अन्य ४ दशमलव ५ किलोमिटरका दौड हुनेछन् । वडा–५ स्थित कोल्पुटारबाट सुरु हुने दौड बेलिनी, छाप, राजओडार, सालचौर हुँदै फेरि कोल्पुटारमा आएर समाप्त हुनेछ ।
दौडको दुरी १३ दशमलव ४ किलोमिटर कच्ची बाटो रहेको छ । खुला महिला/पुरुषतर्फको विजेताले १५ हजार, उपविजेताले १० हजार र तेस्रो हुनेले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । स्थानीय खुलातर्फको विजेतालाई १० हजार, उपविजेतालाई सात हजार र तेस्रो हुनेलाई पाँच हजार प्रदान गरिनेछ । भेट्रान खुला पुरुषतर्फmका शीर्ष तीनले ८ हजार, ६ हजार र ४ हजार पाउनेछन् ।
खुला जुनियर १६ वर्षमुनिका छात्रा तथा छात्र, स्थानीय १६ वर्षमुनिका छात्र तथा छात्र र ४५ वर्ष माथिका स्थानीय पुरुषतर्फmका शीर्ष तीनलाई ६ हजार,४ हजार र दुई हजार प्रदान गरिनेछ । स्थानीय आमा समूहतर्फको विजेताले १२ हजार, उपविजेताले ९ हजार र तेस्रो स्थानमा रहनले ६ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।