
– रामप्रसाद ढुङ्गाना
यतिबेला मुलुक शक्तिराष्ट्रको स्वार्थको चङ्गुलमा फसेको छ । केही स्वार्थप्रेरित लोभका त्यान्द्राहरूमा झुण्डिदा झुण्डिँदै जेलिएको नेपाली राष्ट्रियता र स्वाभिमानमा तर मार्न खोज्ने केही अराष्ट्रिय तत्व देशभित्रै जनताका नारा उराल्दै र समवेदनामा कुस्ती खेल्दैछन् । केही सवाल यस्ता छन् ।
१. भारत, अमेरिका नेपालमा घुमाइफिराइ दक्षिणपूर्व एसिया मुख्यगरी तत्कालीन चीनलाई सैनिक कारबाही गराउन चीनलाई सबै ठाउँबाट घेर्न चाहन्छ । चीन, दीर्घकालनमा भारत, पाकिस्तान र अन्य विमति राख्ने मुस्लिम देशहरूलाई समेत घेरामा राख्ने रणनीति अन्तरगत हाल आएर अमेरिका नेपालमा पस्नलाई बाटो र योजना बनाइरहेको प्रष्ट देखिन्छ । हाम्रो देशको राजनीति अवस्था सरकार प्रमुख र प्रतिपक्ष दुवै अमेरिकाको १०० प्रतिशत सरकार प्रमुख ९८ प्रतिशत प्रतिपक्ष अमेरिकाको आशिर्वादमा छन् । अरू पार्टीहरू दिउँसै अमेरिकाको विरोधमा उभिएर बोल्न सक्ने अवस्थामा छैनन् । राजनीतिक जीवन कतिबेला जान्छ भन्ने त्रासमा छन् ।
२. चीन अहिले आफ्नो प्रतिरक्षा गर्ने र नेपालको आन्तरिक विषयमा अग्रसर नभएको बुझिन्छ । किनभने अरू पार्टीहरू बोल्न नसक्ने स्थितिमा छन् ।
३. आफ्नो राष्ट्र कुनै पराइ देशले संरक्षण गरिदिन्छ भन्ने होइन, नेपालमा आफ्नो देशको रक्षा गर्न आफैँ सक्ने पार्टी छैन, सानातिना पार्टी र त्यत्ति झण्डा समातेर कुनै तुक छैन भनेर छिमेकीहरू पाखा लागिसकेको भान हुन्छ ।
४. एउटा घटना २०४५ सालतिरको हो, त्यतिबेला नेपालको सरकारले चीनसँग साना खालका ४५ वटा तोप केही ट्याङ्क सडकमा गुड्ने झिकाएर चिनियाँ सरकारले उसको उत्पादन नेपालको सेनालाई दिएको थियो ।
५. त्यो घटनाले नेपाल अब चिनको पोल्टामा गयो भनेर भारत अमेरिका अन्य केही मुलुक तरङ्गित भए । गरिबको घरमा मिठो खानेकुरा खायो, पकायो भने छिमेकी धनिमानीहरूले चियोचर्चो गरेर कसरी मिठो खाना खायो भनेर खोजी गरेजस्तै यो घटनाको तानावाना बुन्न सुरु भएछ । फलस्वरुप २०५८ सालमा एउटा घटना घट्यो राजदरबार हत्याकाण्ड ।
६. सबैभन्दा नेपालीलाई आफ्नो मातृभूमि जोगाउन कठिन छ । बाँकी देशप्रति माया गर्ने नागरिक पार्टी, सङ्घ, संस्था, राष्ट्रिय चिन्तन बोकेका व्यक्ति यो वा त्यो नभनी पायो भने रगत बगाउन तयार हुने कि नहुने नेपालीको अगाडि यो ठुलो प्रश्न खडा भएको छ ।
७. हाल नेपालमा नेपाली जनता आगोको मुस्लोमा निसास्सिएका छन् । सबै कुरा महङ्गो, विधि व्यवहार, आर्थिक हिनामिना, महङ्गाइको कारण चरम अभाव, युवा विदेश पलायन, उत्पादन घट्दै गएको स्थिति, माथिल्लो तहको सबै तह र तप्का विदेशीको इसारामा नाच्ने अवस्था छ ।
८. हाम्रो नेपाली समाजमा युवाजगत् आफ्नै देशलाई धिक्कार्दै बाँच्न विवस छ । खाडीमा ५५ डिग्री तापमा पिल्सिएर मातृभूमिलाई धिक्कार्दै, गाली गर्दै हिँड्दछ । यो बेला जति कमजोर मुलुक कहिल्यै थिएन भन्ने लाग्दछ । आफ्नो देशको सार्वभौमिकता सबैलाई प्राणभन्दा प्यारो हुन्छ । नेपालको हकमा पनि सार्वभौमिकता रक्षाका लागि भएका ऐतिहासिक घटनाहरुले त्यो प्रमाणित गरेको छ ।
अन्तिममा,
उठ हे उठ अबेर भैसक्यो, विदेशी धपाउन सडक, गल्ली, चोक, डाँडा, खोला, भिर, पाखा, वन, जङ्गल, नभनी चारैतिर मातृभूमिको रक्षा गर्न उठ !








































