सेयर
– भरत सिग्देल
ज्वालामुखी फुटेर छाती चर्कियो
कोरोनाको हुरीले संसार थर्कियो
000
जाति, भाषा, वर्ण, लिङ्ग, क्षेत्र भन्दैन
सानाठुला, धनीगरिब गन्दै गन्दैन
महासागर छचल्कियो हिमाल हल्लियो
अहङ्कारको सेखी पनि झर्यो डल्लियो
ज्वालामुखी फुटेर…
000
भाग्दैन यो देवीदेउता भाकल गरेर
न त दया गर्छ रुँदा घोप्टो परेर
जिउनुपर्छ आत्मबल उच्च पारेर
चिहानघारीबीच सुन्दर फूल सारेर
ज्वालामुखी फुटेर…
000
तेरोमेरो वैरभाव गर्दै नगरौँ
विपत्तिको घाउमा नुनचुक छर्दै नछरौँ
बिन्ती गर्छु नमस्कार हात जोडेर
यात्रा गरौँ मानवताको छाता ओढेर
ज्वालामुखी फुटेर…
shere this