सेयर
काठमाडौं ।
प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी राजेन्द्र अधिकारी बलात्कार अभियोगमा प्रक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी जीवनकुमार श्रेष्ठका अनुसार सशस्त्र प्रहरी बल तालिम केन्द्र पोखरामा कार्यरत अधिकारी एक महिलालाई बोलाएर बलात्कार गरको मौखिक उजुरीको आधारमा पक्राउ परेका हुन् ।
महिलाले टेलिफोनबाट उजुरी दिएकी थिइन । प्रहरीले अधिकारीलाई पक्राउ गरेर थप अनुसन्धान सुरु गरेको जनाएको छ ।
आज आफ्नै निवासमा एक महिलालाई बोलाएर अधिकारीले बलात्कार गरेको ती महिलाले आरोप लगाएकी छन्। पीडित महिलालाई स्वास्थ्य परीक्षण गर्न पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको छ।
shere this