काठमाडौँ ।
पूराना वामपन्थी नेता हिरादत्त दाहालको स्मृतिसभा सम्पन्न भएको छ । काठमाडौँमा भएको सभामा बोल्ने वक्ताले दाहालले नेपालको कम्युनिष्ट आन्दोलनमा पुर्याएको योगदानको चर्चा गरे ।
दाहाल कम्युनिस्ट नेता गणेश पण्डितका सहकर्मी हुनुहुन्थ्यो । दाहालले नुवाकोटमा रहेर वाम आन्दोलनमा पुर्याएको योगदानको स्मरण गर्दै पूर्वखेलकुद मन्त्री तथा नुवाकोट क्षेत्र नम्बर १ का सांसद हितबहादुर तामाङले दाहालले पुर्याएको योगदानलाई नयाँ पुस्ताले सधैँ स्मरण गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका माओवादी नेता तामाङले दाहालको निधनबाट नुवाकोटको वाम आन्दोलनले अपुरणीय क्षति बेहोर्नुपरेको बताउनुभयो । वामपन्थी बुद्धिजिवी कुमार पण्डितको अध्यक्षतामा भएको कार्यक्रममा बिमला सुवेदी, राजेन्द्र लोहनी, जनार्दन भण्डारी, ठाकुर गजुरेल, पल्लव पाठक, रामप्रसाद ढुङ्गाना, पुष्प लामिछानेलगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा बोल्दै वामपन्थी बुद्धिजिवी कुमार पण्डित स्वर्गीय दाहालले नुवाकोटको वामपन्थी आन्दोलनमा धेरै संघर्ष गरेको बताउनुभयो । भिडियो