सेयर
-हेम खड्का दोलखा
२ करोड को गाडी चढी, कर्णालीको बिकास रफ्तार
कोरोडको कार्पेट टेकि, चढ्न्छ्न हेलिकप्टर ।।
अढाई लाख को जुत्ता लगाइ, आचरणको दिन्छन् नारा
सुनेर यो चिहानबाट, उठ्दैछन् रे सहिद सारा ।।
२ बर्षमा २५ काण्ड, लुट र फुटको खबर आउँदा
आफू सङ्गै तान्नुपर्ने, सहिद-सालिकमा माला लाउँदा ।।
सिकाउनलाई चिहान भित्र, वर्गसंघर्षको चित्र
बाहिर बस्न लायक छैनन् , पुर्याइदेउ न चिहानभित्र ।।
न बजेट छ मार्क्सवादी, न छ मोडल समाजवादी
यी भ्रस्ट लाई उडाउन, लौन उठोस् तुफान आँधी ।।
निकम्मा प्रतिपक्षी, दलाल पुँजीवादी सत्ता हुँदा
थाकिसकेछ्न त आँखा, जनताहरु रुँदा रुँदा ।।
सुन्दैनन् नि हजुर यिनले, जनताहरु आफैँ नउठे
देश र जनता लुटिरहन्छन्, जनता साँच्चै फेरि नजुटे ।।।
shere this