यातायात व्यवसायीले आफ्नो सवारीको चाबी प्रधानमन्त्रीलाई बुझाएका छन् । काठमाडौंका यातायात व्यवसायीहरूले आफ्नो सवारीको चाबी प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई बुझाएका हुन् ।
प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीमार्फत प्रधानमन्त्रीलाई चाबी बुझाएको सार्वजनिक यातायात केन्द्रीय महासंघका उपमहासचिव केशव नेपालले बताउनुभयो ।
यातायात व्यवसायीले गाडीहरूको भाडा समायोजन हुनुपर्ने, सडक कानुन लागू गर्नुपर्ने लगायतका माग राखेर बिहिबार सवारी साधन सडकमा राखेर चक्रपथ घेराउ गरेका थिए ।
यातायात व्यवसायीले एउटै प्रदेशभित्र चल्ने गाडीहरूको भाडा समायोजन हुनुपर्ने, यातायात क्षेत्रमा रहेकालाई कोभिड–१९ विरूद्धको खोप लगाइनुपर्ने, यातायातको भाडा समायोजन गर्नुपर्ने लगायतका माग राखेका छन् । उनीहरुले यातायातको बीमा छुट समायोजन गर्नुपर्ने,
सडक कानुन लागू गर्नुपर्ने, यातायातको कागजपत्र नवीकरण र जरिवाना छुट गर्नुपर्ने, ढुवानी यातायातको वर्तमान नीति पुनरावलोकन गर्नुपर्ने लगायतका बिषयमा सरकारलाई पटक पटक ध्यानाकर्षण गराएका छन् ।
चाबी बुझाएपछि पनि माग पूरा नभए दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्ने व्यवसायीहरूको चेतावनी छ ।
Recent Comments