सेयर
नुवाकोट १२ माघ ।
नुवाकोटको बेलकोटगढी वडा नं. ५ मा रहेका विभिन्न ५ वटा विद्यालयमा छात्रवृत्ति वितरण गरिएको छ । इन्द्रेश्वरी युवा समाज बेलकोटगढीले ५९ जना विद्यार्थीलाई पोसाक तथा शैक्षिक सामग्री प्रदान गरेको हो । तीमध्ये २३ जना विद्यार्थीलाई पोसाक, झोला, जुत्ता र कपिकलम तथा ३६ जना विद्यार्थीलाई एक वर्षका लागि कपिकलम वितरण गरिएको समाजका सचिव साकार लामिछानेले बताउनुभयो ।
समाजले कामरुदेवी माध्यमिक विद्यालय दुईपिपलका २१ जना, महादेव माध्यमिक विद्यालय कोल्पुटारका १२ जना, गणेशस्थान आधारभूत विद्यालयका १२ जना, इन्द्रेश्वर आधारभूत विद्यालय लामाचौरका १० जना र ज्वालामुखी प्राथमिक विद्यालय माझीविरुवाका ५ जना अनाथ, असहाय, अतिविपन्न तथा जेहेन्दार र गरिब विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो ।
shere this