-राम प्रसाद ढुंगाना
बेल्कोटगडी- १ नुवाकोट
१. नेपाल र ईस्ट इंडिया कम्पनीसँग १८१६ मा भएको सुगौली सन्धी अनुसार तयार भएको नक्सा अनुसार नेपाल र हाल भारत सीमाना निर्धारण भएको नक्सा नेपालको हो। भारतमा अंग्रेजको शासन १९४७ मा छोडेर गएपछि भारतका शासकहरुले नेपालको साँध मिच्ने क्रम सुरु भयो। हाम्रो पूर्वमा इलाम, पशुपति नगर देखि दक्षीण, पश्चिम सिमाना मिच्ने क्रम गर्दै गरे । हाम्रो सिमानाका जग्गा ७४००० हेक्टर मिचेका छन्।
२. नेपाली सम्वत २०१८ साल इ.स. १९६२ मा भारत र चीनको लडाई भएपछि चिनियाँहरुसँग पछि हट्ने क्रममा भारतका प्रधानमन्त्रि जवाहरलाल नेहरुले नेपालका राजा महेन्द्रलाई तपाईंको जमिनमा हामी केहि समय कामका लागि प्रयोग गर्छौं, सहयोगको लागि धन्यवाद भनेर लेखेको चिट्ठीका कारण कालापानीमा त्यही समयदेखि भारतीय सेना राख्ने काम भयो। भारतीयहरुले १२ पटक सम्म हाम्रो कालापानी, लिपुलेक ,लिम्पियाधुरा भारतको नक्सामा समावेश गरेका छन्।
३. २०३२ सालम़ा नेपालको नापी हुँदा ति जमिनहरु नेपालीहरुको नाममा नापी नक्सा भइ खेतबारी चलनचल्ती भइआएको थियो। लिम्पियाधुरा नापीको बेला ३२ सालको नक्साम़ा किन छुट्यो ? नापी गर्दा भारतीयको प्रभावमा वा १८१६ को नक्सा अनुसार हाम्रो लिपुलेक कालापानी लिम्पियाधुरा साबिक १८१६ को नक्सा अनुसार हुनपर्दथ्यो ।
४. हाम्रा हालका प्रधानमन्त्री खड्ग प्रसादले महाकाली सन्धी गराउँदा महाकाली नदीको सिर लिम्पियाधुरा हुनुपर्ने नखुलाई भारतीयहरुको हुने गरी रातारात सन्धि अनुमोदन गराएको।
५. नेपालको भूमिबाट २२ कि.मी. भारतले बाटो खन्दा मैले थाहा पाईन भनेर संसदम़ा तथा नेपालीलाई किन ढाँटेको ? भारतले बाटो उद्घाटन गरेपछि राजनीति दल नेपाली जनताले खोजतलास जुलुस गरेपछि नयाँ नक्सा भनेर सरासर गल्ति बोलेको १८१६ को साबिक नक्सा २०७७/२/६ म़ा मात्र पत्रिकाम़ा आयो। प्रधानमन्त्री ज्युले बोल्दा नयाँ नक्सा भनेको के हो ?
६. २०७७/२/६ म़ा चिनका पररास्ट्र प्रवक्ता जाओ लिजीयेनले कालापानीबारे चीनले नेपाल र भारत को दुइ पक्षको हो एक पक्षले कदम चाल्दा परिस्थिति झन थप जटिल हुने टिपणी गरेका छन । भारतको पिथौरागडबाट कालापानी भएर चीन जोड्ने बाटो नेपालको बिषय हो। हामी विश्वास गर्छौं, दुवै देशले मैत्रीपूर्ण संवादबाट मतभेद समाधान गर्नेछन् भन्ने भनाई रह्यो।
७. ३२ सालको नापी गराउँदा १८१६ को नक्सा अनुसार नापी गराउन साँध सबै प्रस्ट आउनु पर्दथ्यो । किन ? कसरी? लिम्पियाधुरा नक्साम़ा आएन। नापी गर्दा कमि कमजोरी भएको हुनसक्छ । भएतापनि उक्त कार्यलाई लिम्पियाधुरा त्रिदेशीय सिमानालाई २ देशीय रुपमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चिनका रास्ट्रपति सी जिन फिङ बिचको सम्झौता पुनरालेखन गरी त्रिदेशीय सम्झौता हुनुपर्छ।
८. MCC अमेरिकी सुरक्षा मन्त्रालय अन्तर्गत विभिन्न देशम़ा केहि आर्थिक प्याकेज मार्फत हाम्रो नेपालम़ा, हाम्रो संसदले कानुन पास गरेर अमेरिकी कुटिल छल प्रवेश गराएइएको छ । जस्तो इजरायलमार्फत खाडीका देशलाइ अमेरिकाले कन्ट्रोल गरेर रातदिन तेल र अन्य खनिज समेत हमला गरेर हात परको छ । हाम्रो देशम़ा पनि ५५ अर्बको योजना देखाएर यहाँको युरिनियम लगाएत खनिज पदार्थ हात पार्ने र सेना मार्फत चिन भारतलाई घेर्ने नीति अनुसार नेपालको संसदलाई कानुन पारित गराउन लागि परेको छ । नेपाल अमेरिकाको ५२ औं प्रान्त बन्दै छ।
९. इराकम़ा २२ ठाउँमा अमेरिकी सेना छ । सिधैँ पेण्टागनबाट परिचालित । इराकको संसदले २ तिहाइ मतले तिमी फिर्ता जाउ भन्दा मेरो लगानी ले भन्छ, ऊ कुनै हालतम़ा जाँदैन दक्षीण कोरिया, जापान अन्य मुलुकबाट पनि जाँदैन, सबैको अगाडी यो बिषय खडा छ। यो अमेरिकी सुरक्षा मन्त्रालयको पैसा MCC नामको संस्थाबाट नेपालम़ा ५५ अर्ब नेपाली पैसा नलिएर आफ्नै कुनै स्रोतबाट बिजुलीको पोल तार समेत र बाटो निर्माण अथवा मर्मत नयाँ के के गर्ने गरियोस्।
१०. हाम्रो देशमा अमेरिकाको आर्थिक सहयोग भनेको हिजोका दिनमा परिवार नियोजनका साधन भन्दा केहि सहयोग नेपाललाई दिर्घकालिन सहयोग छैन् । आजका मितिसम्म अमेरिकाले आफ्नो देशको सेना फिर्ता लगेको भियतनामबाट चाहिं फिर्ता लग्यो । ३० वर्ष भियतनामी जनताले अमेरिकासँग लडेर परास्त गरे अनि मात्र फिर्ता गयो । ५० औं देशबाट कहिँ फिर्ता गएको छैन्। आज हामी आफ्नो मातृभूमिको खोजतलास गर्दैछौ। भोलिका दिनमा खोज्ने कोहि हुँदैन् ।