सेयर
रासस ।
बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारका लागि भर्ना गरिएका कपिलवस्तुका दुई जना कोरोना सङ्क्रमितको गएराति मृत्यु भएको छ ।
कोरोना विशेष अस्पतालको सघन उपचार कक्षमा उपचारार्थ कपिलवस्तुका २५ वर्षीय र ४२ वर्षीय पुरुषको गएराति मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र खनालले जानकारी दिए ।
मृत्यु भएकामध्ये कृष्णनगर नगरपालिका१० का २५ वर्षीय युवकलाई भने गए राति नै करिब १२ बजे कोरोना विशेष अस्पतालमा गम्भीर अवस्थामा ल्याइएकामा उपचारकै क्रममा राति २ बजे मृत्यु भएको डा खनालले जानकारी दिए । उनलाई कोरोना भाइरस सङ्क्रमणको लक्षण देखिएकाले सोहीअनुसार उपचार हुँदै गर्दा कोरोना सङ्क्रमणको पिसीआर परीक्षण नै गर्न नपाउँदै मृत्यु भएको हो ।
कोरोना भाइरस सङ्क्रमणको लक्षणका आधारमा साउन २५ गते अस्पतालमा भर्ना भएका कपिलवस्तु नगरपालिका२ का ४२ वर्षीय पुरुषको सोही दिन नै पिसीआर परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो । उनको स्वास्थ्य अवस्था गम्भीर देखिएपछि अस्पतालको भेन्टिलेटरमा राखेर उपचार हुँदै गर्दा मृत्यु भएको डा खनालले बताए ।
मृतक दुबैको शव दाहसंस्कारका लागि अस्पतालले प्रदेश सरकारलाई जानकारी गराएको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्तले मृतकको बारेमा विस्तत विवरण आएपछि निजको परिवारको चाहनाअनुसार दाहसंस्कारका कहाँ गर्ने भनी निर्णय हुने बताए । सङ्क्रमितको हकमा भने दाहसंस्कार जहाँ गरेपनि सरकारको ‘प्रोटोकल’ अनुसार हुने छ ।
shere this
Recent Comments