सेयर

– सागर सुनार
लिखु गा.पा. ६, नुवाकोट
बलत्कारी छुट्ने यहाँ कलाकार चाहिँ जेलमा
आफ्ना भन्दै संरक्षण छ राजनीतिको खेलमा
करोडौँको गाडी चल्ने बाटो भने ग्रस्त
जस्ले जिते पनि हजुर सबै सबै भ्रष्ट
खाडी जान बाध्य यहाँ युवाहरु आज
चुनाव आउँदा मात्रै ठुला भाषण जनतामाझ
हिराजस्तो देश आज कस्तो भयो भयो
बागमतीको किनार हिँड्दा नाकमुख थुन्नु पर्यो
नोटः “राजनिती भनेको राज्य संचालन गर्ने उत्कृष्ट नीति हो
तर यहाँ भ्रष्टचारीहरुले गर्दा यसको सबै उल्टो भो”
shere this