सेयर
बलराम तिमल्सिना
१३१औं मइ दिवस
मई -१ , २०२०
धर्ती भिज्ने बगाउछौं पसिनाका धारा
तर पनि हामी बन्छौं किन सर्बहारा ?
लहलह बाली झुल्छन् हाम्रो पसिनाले
तर पनि किन हुन्न हाम्रो घरमा चारा ?
जून टिप्ने महल बन्छन् हाम्रा हाड घोटी
तर किन हाम्रो बास सडकको किनारा ?
किन हाम्रो जिन्दगी भो सँधै भोको नाङ्गो ?
सोच्न थाल्यौं श्रमिकले सुन मजदुर-मारा !
मोतीजस्तै पसिना त्यो अञ्जुलीमा थापी
तिम्रो स्वर्ग सजेको हो बुझ्यौं तिम्रो पारा !
ब्युँझौं श्रमिक उठौं अब सोचौं आफ्नोलागि
भाँच्नु पर्छ मान्छे खाने ब्यवस्थाका दाह्रा !
संसारभरका श्रमिक हो बनौं एक ढिक्का
ढालौं स्वर्ग शोषकको हाम्रो मूल नारा !
shere this
Recent Comments