नेपालगञ्ज, ९ असार ।
नेपालगञ्जको काँरकाँदो चोकमा एक सर्वसाधारण ट्राफिक प्रहरीबाट कुटिएका छन् । आईतबार बिहान साढे ८ बजे हेटौँडा उपमहानगरपालिका १७ घर भइ जुम्लामा डोजर चलाउँदै आएका देवराज सापकोटा ट्राफिकका प्रहरी सहायक निरिक्षक प्रकाश बि.क.बाट कुटिएका हुन् ।
आफ्नै व्यक्तिगत प्रयोजनका लागि बाटोको भिडियो खिचिरहेका सापकोटालाई ट्राफिक नियम उल्लङ्घन गरि मोटरसाइकलमा आएका प्रहरी सहायक निरिक्षक बि.क.ले आफ्नो भिडियो खिचेको भन्दै मोबाइल नियन्त्रणमा लिइ मोबाइलमा रहेका भिडियोहरु डिलिट गरेका थिए । सापकेटा डोजरको पम्प बनाउन नेपालगञ्ज आएका थिए ।
पीडितका अनुसार आफुले आफ्नै व्यक्तिगत प्रयोजनका लागि भिडियो खिचेको बताउँदा बताउँदै ट्राफिक प्रहरीले नियन्त्रणमा लिइ काँरकाँदौबाट बसपार्क स्थित बिद्युत प्राधिकरण भित्र रहेको अस्थाई प्रहरी बिटमा लगेर कुटपिट गर्नुका साथै उनकोे सवारी चालक अनुमति पत्र खोसेका छन् ।
सापकोटाले अनाहकमा आफुलाई कुटपिट गरिएको बताएका छन् । प्रहरीको कुटाइबाट उनी घाइते भएका छन् । घटनाबारे जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता नारायण डाँगीले सत्य, तथ्य बुझी आवश्यक कारबाही गर्ने बताउनुभएको छ ।