सेयर
उमेश सापकोटा
एमसीसीको पक्षमा प्रचारात्मक अभियान चलाउन अमेरिकी डलर खाएका सञ्चार संस्थाहरूबाट व्यापक रूपमा त्यसको पक्षमा लेख र अन्तर्वाहरू प्रशारण र प्रकाशन भएका छन् । कुनै पनि राष्ट्रको ऋण विवादास्पद हुँदाहुँदै जबर्जस्ती लिनैपर्छ भन्नुबाट एमसीसीको नियत प्रष्ट छ । एकथरि एमसीसी फिर्ता भए अन्य सहयोग रोकिने प्रचार गरिरहेका छन् । एनजीओ र आईएनजीओमार्फत् नेपाली समाज भाँड्न गरिएको सहयोग रोकिँदैमा नेपाली जनतालाई कुनै फरक पर्दैन । फरक त तिनै दलालहरूलाई पर्ने हो जसले जासुसी मिशन चलाइरहेका छन् । मिशन पत्रकारिता नेपालको सन्दर्भमा नौलो होइन ।
फरक के हो भने अहिले राजनीतिक पार्टी र त्यसभित्रको गुटभन्दा माथि बहुराष्ट्रिय कम्पनीका विज्ञापनमा चलेका र शक्ति राष्ट्रका जासुसी संस्थाका विशेष गरेर इन्डो पश्चिमा मिशनका जासुसहरूमार्फत् पत्रकारिता चलिरहेको छ । कान्तिपुर, नागरिक, नयाँ पत्रिका, द हिमालयन लगायत माउन्टेन, एभिन्युज, एपी वन, हिमालय टेलिभिजन, कान्तिपुर आदि लगायत अनलाइनखबर, हिमाल प्रकाशन, हिमाल खबरपत्रिका, सेतोपाटी, रातोपाटी, खबरहब, आदि अनलाइनहरू प्रायोजित मिशन पत्रकारिता हो । पछिल्लो चरणमा एमसीसीको पक्षमा कान्तिपुरमा रामशरण महत, हिमालय टेलिभिजनमा रामशरण महत, रातो पाटीमा अरुण सुवेदी, सेतो पाटीमा स्वर्णीम वाग्ले लगायतका विचारहरू निरन्तर सम्प्रेषण भइरहेका छन् । स्वाभाविक रूपमा अपवाद बाहेक यस प्रकारका सञ्चार संस्थाहरूबाट सम्प्रेषित लेख र अन्तर्वार्ताहरू पनि प्रायोजित मिशन अनुसार नै हुने गर्दछन् ।
पूर्व सेनापति रुकमाङगद कटवालले नेपाल साप्ताहिकमा अजयपी नाथको नाममा र रविन्द्र मिश्रले मनुज चौधरीको छद्म नाममा भुटानी मोडलको राजतन्त्रको बहस चलाएका थिए । यस प्रकारका सञ्चार संस्थाका पत्रकारहरू नेपाली सेना र नेपाल प्रहरीको गुप्तचरीमा पनि आवद्ध छन् भन्ने कुरा तत्कालिन प्रधान सेनापति रुकमाङगद कटवालको अजयपी नाथ नामबाट प्रकाशित लेखले पनि सिद्ध गर्छन् ।
(यो लेखकको निजी विचार हो ।)
shere this
Recent Comments