सेयर
धनुषा ।
प्रदेश दुईको लागी तीनवटा नाम अस्विकृत भएका छन् । नामाकरणका लागि प्रस्तावित तीनवटै प्रस्ताव अस्वीकृत भए ।
नेपाली कांग्रेसका सांसद राजेश्वर साहले राखेको मध्यप्रदेश नामकाे प्रस्तावमाथि प्रदेशसभामा मतदान भएको थियो।
उक्त प्रस्तावका पक्षमा प्रदेशसभाका ४२ जनाले मतदान गरे भने विपक्षमा ६५ मत खसेको छ।
यसअघि प्रदेशसभामा कांग्रेसले नै प्रस्ताव गरेको मिथिला भोजपुरा नाम पनि अस्वीकृत भएको थियो। कांग्रेसले राखेको प्रस्तावको पक्षमा २८ मत र विपक्षमा ७९ मत खसेको थियो। कांग्रेसबाट प्रदेश २ मा १९ सांसद छन्।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रस्ताव गरेको जानकी नाम पनि अस्वीकृत भएको छ। नेकपाका ३२ सांसद प्रदेशसभामा छन्। जानकी नामका पक्षमा ३७ मत खसेको थियो भने विपक्षमा ७० मत खसेको हो।
shere this








































