काठमाडौं ।
हिजो बेलुका बसेको नेकपा सचिवालय बैठकमा जारी विवाद र समस्या समाधानबारे कुनै निष्कर्ष निस्केन । तर बैठकमा प्रधानमन्त्री ओलीले पहिले नै प्रचण्ड पक्षले गरेको बामदेवलाई प्रधानमन्त्री बनाउने प्रस्तावको पक्षमा कोरोना संक्रमणपछि सहमती जनाउने संकेत दिएका छन् । बैठक पर्सि २० गते फेरि बस्नेछ ।
बैठकमा ओलीले उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरे। सधैँको बैठकमा आफू धेरै बोल्ने र अरुका कुरा नसुन्ने ओलीले पार्टीभित्रको आफूविरुद्धको गठबन्धन तोड्नका लागि सचिवालय बैठकमा गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका हुन् ।
प्रचण्डले आफ्नो धारणा राख्न नपाउँदै ओलीले योजनावद्ध तरिकाले बामदेवलाई प्रधानमन्त्री बनाउने प्रस्ताव ल्याए । त्यतिमात्र होइन उनले वरिष्ठ नेता माधव कुमार नेपाललाई तेस्रो अध्यक्ष बनाउन प्रस्ताव गरेको बताईएको छ ।
आफूविरुद्ध एक ठाउँमा उभिएका सचिवालयका बहुसंख्यक सदस्यलाई विभाजन गर्ने उद्देश्यसहित ओलीले गौतमलाई आफ्नो पक्षमा पार्ने प्रयास गरेका छन् । गौतमले आउँदो संकट टार्ने उद्देश्यले ओलीले उक्त प्रस्ताव ल्याएको भन्दै बुधबार राती नै आफू निकट नेताहरुसँग छलफल समेत गरेका छन् ।
प्रचण्ड र नेपालबीचको सम्बन्धमा पनि दरार ल्याउनका लागि ओलीले तेस्रो अध्यक्षको कार्ड फालेको विश्लेषण गरिएको छ। जुन कुरा वरिष्ठ नेता नेपालले बैठकमै अस्विकार गरेर प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिन ओलीलाई आग्रह गरेका छन् । ९ सदस्यीय सचिवालयमा ओलीको पक्षमा महासचिव विष्णु पौडेल र ईश्वर पोखरेल छन् । सचिवालय बैठकमा ओलीको प्रस्तावको दुई जनाले मात्रै समर्थन गरेका थिए ।
Recent Comments