सेयर
काठमाडौँ । युवागायक दामोदर न्यौपानेको नयाँ दशै विशेष लोकगीत ‘यसपालि नि आउँदिनँ’ घर सार्वजनिक भएको छ ।
रातो टीका पहेँलो जमरा
खुसी हुनु मनाउनु दशै तिहार
यसपालि नि आउँदिनँ म घर ।
पश्चिमी लोकलयमा आधारित सो गीतको लय संकलन गायिका शारदा रसाइलीले गर्नुभएको हो । गीतको एरेन्ज नारायण दंगालले गर्नु भएको छ ।
कोरोना करहका बिचमा जनजीवनको दशै तिहारलगायत पर्वहरूको बारेमा परदेशिएका नेपालीहरूको भावनालाई सो गीतले समेटेको छ । गीतमा दामोदर न्यौपाने र शारदा रसाइलीले आवाज दिनुभएको छ ।
सम्झिँदा नि साहुको रिन
पाउन्न छुट्टी म आउन सक्दिनँ
यसपालि त आउन मन थियो
कोरोनाले झनै रिन थपियो ।
पूरा गीत हेर्न यहाँ क्लिक गर्नुहोला ।
shere this
Recent Comments