काठमाडौं ।
विभिन्न विद्यार्थी संघ संगठनले भारतले नेपाली भूमि अतिक्रमण गरी सडक निर्माण गरेको बिषयमा परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीलाई ज्ञापनपत्र बुझाएका छन् । आइतबार विभिन्न सात विद्यार्थी संगठनले संयुक्त रुपमा भेटेर ज्ञापनपत्र बुझाएका हुन् ।
नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुंगाना, अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरन्जीवि ढकाल, अखिल पाँचौका अध्यक्ष घनश्याम मिश्र, अखिल (क्रान्तिकारी)का अध्यक्ष आलोक रायमाझी, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघका अध्यक्ष महेश बहादुर सिंह, अखिल नेपाल विद्यार्थी युनियनका अध्यक्ष सन्देश भट्टराई र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघ (संयुक्त)का अध्यक्ष धनसुर शाहीले संयुक्त ज्ञापनपत्र बुझाउँदै मिचिएको नेपाली भूमि फिर्ता गर्न भारतीय दादागिरी बन्द गर्न र नेपालको सार्वभौमसत्तालाई सम्मान गर्न भारतीयलाई बाध्य बनाउन सरकारलाई तदारुकता देखाउन माग गरेका छन् ।
सरकारले नेपाली भूमि फिर्ता गराउने बिषयमा तदारुकता नदेखाए भारतीय हस्तक्षेप र सरकारी उदासिनताविरुद्ध कडा सडक आन्दोलन गर्ने विद्यार्थी संगठनले चेतावनी दिएका छन् ।