प्यूठान।
लुम्बिनी प्रदेश सरकारका उद्योग,पर्यटन तथा सहकारी मन्त्री खड्ग बस्नेतले आगामी आर्थिक वर्ष २०८१/०८२ देखि घरबाटै व्यवसायिक फर्म दर्ता प्रक्रिया पूरा गर्ने कार्यको व्यवस्था मिलाउने बताउनुभयो। सोमबार साना तथा घरेलु कार्यलय प्युठानको आयोजना तथा उद्योग बाणिज्य संघ प्युठानको समन्वयमा भएको स्वदेश उत्पादन अभियान: उद्दमी तथा व्यवसायी बिचको अन्तरक्रिया कार्यक्रम बोल्दै मन्त्री बस्नेतले लामो समयदेखी नवीकरण नभएका फर्महरु आगामी वर्ष बिशेष छुट सहित नवीकरण गर्न सकिने बताउनुभयो।
मन्त्री बस्नेतले ऐतिहासिक तथा धार्मिक पर्यटनकिय क्षेत्रको बिकासमा व्यवसायीले सरकारलाई गाली गर्ने मात्रै नभई सहकार्य गर्दै उद्योग दर्ता,नविकरण र प्याकेजिङ्गलाई कानुनी हिसाबले ख्याल गर्नुपर्ने जोड दिनुभयो। उहाँले आर्थिक अपचलन गरेका सहकारीलाई कार्वाहीको दायरामा ल्याउने बताउदै उदमशिलता मुलक सहकारीलाई प्रवीधी हस्तान्तरण तथा तालिमको व्यवस्था हुने गरि बजेटमा समेटिएको बताउनु भयो।
मन्त्री बस्नेतले पर्यटनको क्षेत्रमा सरकारले लगानी गरेको त्यसको प्रतिफल प्राप्त गर्न नसकेकोले प्रतिफल सहितको लगानीमा जोड दिने बताउदै उद्योग कार्यालय जिल्ला मै रहेको र आगामी वर्षदेखि पर्यटन र सहकारी हेर्ने कार्यालय प्यूठानमै स्थापना गरिने समेत उल्लेख गर्नुभयो।








































