सेयर
काठमाडौँ ९ साउन ।
दुर्घटनामा परेको सौर्य एयरलाइन्सबाट पाइलटसहित ४ जनाको उद्दार गरिएको छ । नेपाल प्रहरीका अनुसार जहाजमा सवार १९ जना मध्ये पाइलट मनिष शाक्यसहित ४ जनाको उद्दार भएको हो । शाक्यलाई सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार हुँदैछ भने अरु तीन जनाको टिचिङ अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।
दुर्घटनास्थलबाट १५ वटा शव संकलन भएको प्रहरीले जनाएको छ । जहाजको इन्जिन परीक्षणका लागि आफ्ना कर्मचारीसहित पोखराका लागि उडान भरेका बेला रन वेमा चिप्लिएपछि आगलागी भएको थियो ।
shere this