सेयर
प्रदिप नेपाल ।
हेल्थ एण्ड एजुकेशन फर नेपालको आर्थिक सहयोगमा बेलकोटगढी नगरपालिका ०६ नुवाकोटमा १५७ जेष्ठ नागरिकहरुलाइ न्यानो कपडा वितरण, स्वास्थ बीमा सहजीकरण र विद्यालयस्तरीय वक्तृत्वकला तथा हाजिरी जवाफ कार्यक्रम सम्पन्न भएको छ ।
समाजसेवी तथा हेल्थ एण्ड एजुकेशन फर नेपालका अध्यक्ष जगत लामाको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा मालिका मा.वि., कामरुदेवी मा.वि., गौलिङ्गेश्वर महादेव मा.वि.का विद्यार्थीहरुले हाजिरी जवाफ र वक्तृत्वकला कार्यक्रममा भाग लिएका थिए ।
हाजिरी जवाफ अन्तर्गत कामरुदेवि मा.वि.प्रथम भएको थियो भने वक्तृत्वकला अन्तर्गत गौलिङ्गेश्वर मा.वि . प्रथम भएको थियो ।
यो सुरुवाती पाइला भएको र बेलकोटगढी रेडस्टार युथ क्लब सधैँ सामाजिक काममा लाग्ने क्लबका संस्थापक अध्यक्ष चतुरमान तामाङले जानकारी गराउनुभयो ।
shere this