काठमाडौं
सरकारले जारी लकडाउन यही बैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ । आज बसेको मन्त्रीपरिषद् बैठकले लकडाउनको समयावधी थप गर्ने निर्णय गरेको हो ।
काठमाडौंमा थप दुई जनामा कोरोना संक्रमण पुष्टी भएपछि सरकारले थप सतर्कता अपनाउन हवाई उडान पनि आगामी बैशाख १८ गतेसम्म स्थगित गर्ने निर्णय गरेको छ । मुलुकभर कोरोनाबाट संक्रमित हुनेहरुको संख्या १६ पुगेको छ । हिजो पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बसोबास गर्ने एकैपरिवारका तीन जनालाई कोरोना आशंका परिक्षण गर्दा दुई जनाको रिपोर्ट आज पोजेटिभ देखिएको हो ।
सरकारले सनसिटी अपार्टपेन्टमा बसोबास गर्ने सबैको परिक्षण गर्ने भएको छ । यसैबिच सरकारले जारी लकडाउनका बीच नागरिकलाई अत्यावश्यक सुबिधा प्रदान गर्न स्थानीय तहका संयन्त्रलाई थप परिचालन गर्ने भएको छ ।
कोरोना रोकथामका लागि नागरिकलाई संयम रहन र सतर्कता अपनाउन प्रधानमनन्त्री केपि शर्मा ओलीले आग्रह गरेका छन् ।