काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति रसुवाले तत्कालीन नेकपा चौथौ महाधिवेशन रसुवा जिल्लाका संस्थापक एवं बामपन्थी आन्दोलनका धरोहर अजुर्नबहादुर भण्डारी ‘उदय’को दुःखद् निधनप्रति दुःख व्यक्त गरेको छ । रसुवा जिल्ला सेक्रेटरी सोनाम छिरीङले विज्ञप्ति जारी गर्दै भण्डारीप्रति श्रद्धाञ्जली र सम्पूर्ण शोकाकुल परिवारजनहरुका समवेदना प्रकट गरेका छन् । विज्ञप्तीमा भण्डारीले देखाएको वर्गसंघर्षको मार्गमा निरन्तर श्रमिकवर्गको मुक्तिमार्गमा वैज्ञानिक समाजवादी राज्य स्थापना गरिछाड्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।
विज्ञप्तिमा भण्डारीलाई उपचार नगरिएको भन्दै राज्यप्रति खेद प्रकट गरिएको छ । ‘बिरामी घाइते योद्धालाई उपचारको ब्यवस्था गर्नु भन्दा पनि पार्टी सदस्यता भिराएर साहनुभुतिको भोट बटुल्न उछिनपाछीन गर्ने, संसदवादी दलाल, गल्लावालहरुले बाँचुन्जेल हाँसी मजाकको पात्र बनाएर हैरानी खेलाउनु दुःखद् बिडम्बना हो । उहाँ र उहाँहरु जस्तै अग्रजहरुले रोपेको क्रान्तिकारी विचार र आर्दशले मौलाएको बर्गसंघर्षको बलमा आज सत्तामा हालीमुहाली गरेकाहरुले दलाल, तस्कर र ठेकेदारहरुको पछी लाग्दै उहाँलाई जस्तै श्रमजीवी रसुवाली जनताहरुलाई पनि अपमानीत गरिरहेका छन्, हैरानीमा पारेका छन् र संसदवादमा लुट मच्चाएका छन् ।’ विज्ञप्तीमा भनिएको छ ।