नुवाकोट ।
जिल्लाको सुर्यगढी गाउँपालिका १ जुमडाँडाका आगलागी पीडितलाई जिल्ला प्रशासन कार्यालय नुवाकोटले राहत वितरण गरेको छ । यहि कार्तिक ६ गते बिहान स्थानीय सुकबहादुर गोलेको घरमा आगलागी भएको थियो । बिहान ५ बजेदेखि लागेको आगो साढे ९ बजेमात्र निभेको भएको थियो । आगलागीबाट ७५ हजार बराबरको क्षती भएको प्रशासनले जनाएको छ ।
आगलागी भएको १२ घण्टाभित्र घटनास्थल पुगी १ थान टेण्ट प्रकोप पीडित राहत तथा उद्धार सम्बन्धी मापदण्ड २०६४ बमोजिम तत्काल राहत स्वरुप रु.१५००० र उद्योग वाणिज्य संघ नुवाकोटबाट प्राप्त चामल दाल सहितको खाद्यान्न उपलब्ध गराइएको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जानकारी दिनुभयो ।
यसै गरी सूर्यगढी गाउँपालिकाबाट समेत पीडित परिवारलाई खाद्यान्न र लत्ताकपडा उपलब्ध गराइएको उहाँले बताउनुभयो ।
shere this