भारतको मुम्बइमा बसेर फिल्म निर्माणको प्राविधिक काममा संलग्न नेपाली नागरिक राजेन्द्र घिमिरे अभिनयमा समेत प्रवेश गर्नुभएको छ । नुवाकोट दुईपिपलका घिमिरे भारतीय मूलधारका चलचित्रसँगै मुख्य गरी दक्षिण भारतीय फिल्महरूमा लाइन प्रोड्युसरका रूपमा २० वर्षदेखि सक्रिय हुनुहुन्छ । उहाँ भारतीय सुपरस्टार रजनीकान्त अभिनीत चलचित्र ‘अनाथे’ अर्का अभिनेता विक्रम अभिनीत ‘महान्’ र विक्रमका छोरा सिद्धार्थसँग ‘ध्रुव’ र कार्तिकेय-२ मा देखिँदै हुनुहुन्छ ।
अहिले घिमिरे एक्ज्युकेटिभ प्रोड्युसरको रूपमा भारतीय र दक्षिण भारतीय फिल्म निर्माणमा सक्रिय हुनुहुन्छ। उहाँले हिन्दी, तेलगु, तामिल, पन्जाबी, अङ्ग्रेजी गरेर ७५ बढी ठुलो बजेटको चलचित्रमा लाइन प्रोड्युसरको रूपमा काम गरिसक्नुभएको छ । उहाँले साउथ इन्डियन फिल्म मास्टरमा समेत काम गर्नुभएको थियो ।
म निर्माणको काममा बढी संलग्न हो। अभिनयको भोक पनि थियो, आफूले काम गरिरहेको चलचित्रमा सुहाउँदो पात्रको अफर आएपछि केही चलचित्रमा अभिनय गरेको हुँ।’ उहाँले भन्नुभयो।
सानै उमेरमा भारत जानुभएका उहाँ टि-सिरिजबाट म्युजिक भिडियोको निर्माणबाट प्रवेश गर्नुभएको हो । उहाँ भारतीय चलचित्र नेपालमा ल्याएर छायाङ्कन गराउन समेत सक्रिय हुनुहुन्छ ।
अभिनेता विक्रम ‘१० इन्द्रधुकुल्ल’ को टिमलाई नेपाल ल्याएर २० दिनसम्म मुडे, नगरकोट र भक्तपुरका अन्य स्थानमा सुटिङ भएको थियो। तमिल निर्देशक विजय मिल्टनले निर्देशन गरिरहेको फिल्ममा नेपाली कलाकार सुनिल थापा र आकाश खवासले समेत अभिनय गरेका थिए।