नेपाली काङ्ग्रेस नुवाकोटका नेता एवं समाजसेवी शिव अधिकारी “अविरल” ले तारुकाको ऐतिहासिक गोरूजुधाई पर्व स्थगित भएपनि पुरस्कारको घोषणा गर्नुभएको छ । कोरोना कहरका कारण हरेक वर्ष माघे संक्रान्तिका दिन हुने गोरु जुधाइ पर्व स्थगित भए पनि अधिकारीले किसानको मनोबल कम हुन नदिन पुरस्कार दिने घोषणा गर्नुभएको हो । उहाँले सामाजिक सञ्जालमार्फत एक लाखको पुरस्कार घोषणा गरेका गर्नुभएको हो । नेता अधिकारी पत्रकारसमेत हुनुहुन्छ ।
हरेक वर्ष माघेसंक्रान्तिको दिन नुवाकोट तारकेश्वर गाउँपालिका वडा नम्बर ३ चन्दनीमा आयोजना हुँदै आएको ऐतिहासिक गोरु जुधाई पर्व यसपटक कोरोना महामारीको कारण स्थगित गरिएको छ । जिल्ला प्रशासन कार्यालयले महामारीलाई मध्यनजर गर्दै जिल्ला भित्र २५ जनाभन्दा बढि भेला गरेर कुनैपनी सभा, सम्मेलन, मेला महोत्सव आयोजना नगर्न निर्देशन जारी गरेको छ ।
तर तारुकाकै गौरवको रुपमा स्थापित गोरुजुधाई स्थगित भएपनि स्थानीय नागरिक र गोरुपालक किसानको प्रोत्साहनका लागि उक्त पुरस्कार घोषणा गरेको अधिकारीले जानकारी दिनुभयो । यो पुरस्कार रकम सबै गोरुपालक किसानलाई दामासाही हिसाबले प्रदान गरिने जनाइएको छ ।
“अनौपचारिक रुपमा गोरु जुधाएपनि नजुधाएपनि यो रकम सबै गोरुपालक किसानको मनोबल वृत्तिका लागि सहयोगसिद्ध हुनेछ भन्ने मेरो बुझाई हो । यसका साथै स्थानीय क्षेत्रको विकास, संस्कृतिको प्रवर्द्धन र जनजिवीकाका सवालमा विगतदेखिको मेरो क्रियाशीलता अझै जबुत भएर लाग्ने सम्पूर्ण तारकेश्वरबासीमा प्रण समेत गर्दछु ।” नेता अधिकारीले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ ।