सेयर
काठमाडौं ।
आज बसेको मन्त्रीपरिषद बैठकले जारी लकडाउन १५ दिन थपेको छ । मुलुक कोरोना संक्रमणको झनै जोखिममा परेको भन्दै बैठकले कोरोना नियन्त्रणसम्बन्धी उच्चस्तरिय समितिको सिफारिसअनुरुप लकडाउनको समयावधी जेठ २० गतेसम्मलाई लम्ब्याएको हो ।
सरकारले कोरोना संक्रमणको जोखिम न्युनीकरण गर्न लकडाउन अझै कडाईका साथ लागु गर्ने जनाएको छ ।
यसैबिच आज थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या २ सय ९५ पुगेको छ ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणबाट तीन जनामा कोरोना संक्रमण थपिएको हो। धनकुटा निवासी ३४ वर्षीया महिला र विराटनगर निवासी २९ वर्षीया महिला र ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।
shere this