सेयर
आज साँझ प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभामा विस्वासको मत लिँदै हुनुहुन्छ । ४ बजे बस्ने संसद बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनुहुने कार्यसूचि तय भएको छ ।
सर्वोच्च अदालतले असार २८ गते प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि आज पहिलोपल्ट बैठक बस्न लागेको हो । ४ बजे बस्ने पहिलो बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाउने, सरकारले अध्यादेशहरु टेबल गर्ने र शोक प्रस्ताव प्रस्तुत हुने छ । दोस्रो बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने सम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत हुने सभामुखको सचिवालयले जनाएको छ ।
देउवा असार २९ गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो ।
shere this