रामप्रसाद ढुंगाना
राजनीतिक रुपमा तथा सारमा दुवैमा पूर्व एमाले बहुलवादलाई आदर्श मान्ने दल थियो । पञ्चायतकालमा बहुदलीय प्रणाली र जनताको बहुदल भन्ने परिभाषा गरेर पञ्चायतको केही पदमा चुनाव लडेर जितेका पनि थिए । राष्ट्रिय पञ्चायतको सदस्य भएका द्रोण आचार्य सोमनाथ प्यासी जागृतप्रसाद भेटुवाल केही जिल्ला पञ्चायत सभापति, उपसभापति, प्रधानपञ्च, उपप्रधानपञ्च जितेका थिए । पञ्चायतका पुरानाले तिनिहरुलाई दोस्रो दर्जाको आँखाले हेर्दथे । पञ्चायतमा राजनीतिक दृष्टिभन्दा राजदरबारको सेवा चाकरी गरेर पञ्चहरु पद प्राप्त गर्दथे ।
झापा आन्दोलनको सुरुवातीमा जनतालाई आदर सम्मान गर्थे पछि गएर कम्युनिस्टको कुरासम्म पनि गर्न डराउँथे अनि २०४७ सालतिर बहुदल घोषणापछि सबै खुल्ला नै भयो र राजासहितको संसदीय व्यवस्थाको उपलब्धीपछि सबै पुँजी संकलनतिर लागे । एनजिओ÷आइएनजिओ, सरकारी पद प्राप्त गर्न दिलोज्यान दिएर लागे । धेरैले आर्थिक रुपको सुधार गरेर ठूलो संख्यामा शिक्षक, विद्यार्थी, कर्मचारी उत्पादन गरेर चुनावमा के–कसरी हुन्छ जित्ने सोच बन्यो । आदर्श नै त्यही भयो । बहुदलीय प्रणालीलाई नै उच्च व्यवस्था ठानेर जनतालाई ने.क.पा. एमाले भनेर कम्युनिस्ट पार्टी नै हो भन्ने देखाएर प्रत्येक चुनावमा जित्ने प्रयत्न गरियो । पछि मनमोहन अधिकारी प्रधानमन्त्री भएपछि सामाजिक सुधारको एउटा काम गरे, बुढाबुढीलाई सय रुपैयाँ भत्ता दिने । त्यो राम्रै पक्ष थियो । अनि गाउँ घर टोल–टोलमा भत्ता दिने पार्टी भनेर बुढाबुढीलाई भोट माग्न लगाइयो । र, त्यही कुरा स्थापित भयो । पुँजीवादी संस्कृतिमा के हुन्छ, आदर्शको कुरा गर्ने आफ्नो जोहो गर्ने ।
यता २०५२ साल फागुनबाट सबै कुराको छिनोफानो जनताले जनताको लागि सम्पूर्ण जालो तोडेर संघर्षबाट जनताको लागि भनेर जनयुद्ध थालनी ग¥यो । सामाजिक सुधारका जनताले देखिने काम गर्दै अगाडि बढेर जनताको सेना निर्माण गर्दै जनतालाई बाँधिएको राजतन्त्रात्मक बहुदलीय व्यवस्थाबाट बाँधिएको जंजिर थिचोमिचोलाई चिर्दै अगाडि बढ्नको लागि विभिन्न फौजी, गैरफौजी कार्य गर्दै जनताको जनयुद्धले केही ठाउँ ओगट्दै बढेको अवस्था थियो । कतिपय उपलब्धी र कति क्षति व्यहोर्दै देशको ८० प्रतिशत भूभाग ओगटेको थियो । ने.क.पा. माओवादीले २०६३ सालमा राजासहितको सात दल र माओवादीबीचमा राजनीतिमा गणतन्त्र, राजसंस्था खारेजी, समानुपातिक, समावेशी जनताको अधिकार गाउँ गाउँमा पठाउने, जनताको बीचबाट संविधान निर्माण गर्न संविधानसभाको चुनावबाट आएका प्रतिनिधिले संविधान निर्माण गरी जातिय, क्षेत्रिय, लिङ्गिय, सबै कुराको विभेद अन्त्य गर्ने भन्ने कुराको एजेन्डा बोकेको माओवादी पार्टी २०६४ चैत्र २७ गतेको संविधान सभाको चुनावमा सबैभन्दा ठूलो दल २०७० को चुनावमा तेस्रो दल हुन पुग्यो । २०७४ सालको चुनावमा त ३७ सिटमा थच्चियो । समानुपातिक सुद्ध ५३ सिटमा खुम्चियो । त्यही सिट लिएर १२१ सिटसँग पार्टी एकता गर्ने भन्ने कुरा चल्यो । २०७५ साल जेठमा पार्टी एकताको घोषणा गरियो । एमालेलाई वडादेखि केन्द्रसम्म बढी संख्या हुनैपर्ने मागदावी स्विकारी एकता भयो । एकता राजनीतिक, वैचारिक मूल्यमान्यता, विचार, दर्शनको थिएन, केबल भौतिक रुपको एकतामात्र भएको थियो । १७३ जना सांसदले समर्थन गरेर खड्गप्रसाद ओलीलाई देशको प्रधानमन्त्री बनाएर चैन भए । बीचमा गरिएका सबै सहमतीलाई केही नमानी आफू र आफ्ना भनिएकालाई पहिलो प्राथमिकता दिँदै सम्पूर्ण अधिकार आफैंमा राखेर अगाडि बढ्ने अरु सबैलाई असजिलो प¥यो ।वैचारिक र विवेक छोडेको शासक हुन पुग्यो । देश, जनता, पार्टी, प्रतिपक्ष पार्टी, परदेश, वरदेश सबैको ख्याल नगरी अधिभूतवादी ढंगले सोच्छ । त्यो विश्रामको विचारबाट गतिको विचारसम्म पुग्न सर्वथा असमर्थ हुन्छ । उसले प्रगतिको बाटोलाई रोकेर अरुलाई बढ्न दिँदैन । अहिलेको ने.क.पा.को झगडा यही हो ।
सबै सहमतीलाई केही नमानी आफू र आफ्ना भनिएकालाई पहिलो प्राथमिकता दिँदै सम्पूर्ण अधिकार आफैंमा राखेर अगाडि बढ्ने अरु सबैलाई असजिलो प¥यो ।वैचारिक र विवेक छोडेको शासक हुन पुग्यो । देश, जनता, पार्टी, प्रतिपक्ष पार्टी, परदेश, वरदेश सबैको ख्याल नगरी अधिभूतवादी ढंगले सोच्छ । त्यो विश्रामको विचारबाट गतिको विचारसम्म पुग्न सर्वथा असमर्थ हुन्छ । उसले प्रगतिको बाटोलाई रोकेर अरुलाई बढ्न दिँदैन । अहिलेको ने.क.पा.को झगडा यही हो ।
२०७३ को संविधानमा समाजवादमा अबको बाटो भनिएको थियो । समाजवाद त कता हो कता त्यहाँ जानलाई सैद्धान्तिक झगडा भइगयो । बहुलवाद त्यसको सार नामको बहुदलीय जनवाद पञ्चायतकालको भन्दा पनि पछि फर्कने कुराले रोक्यो । संघियता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी, समानुपातिक उत्पीडनमा परेका क्षेत्र, जातिहरुको हक, अधिकार केन्द्रीकृत अधिकारलाई गाउँसम्म पु¥याउने एजेन्डा बोक्नेलाई पराजय गरी यथास्थितिमा राख्ने काम गर्दै जानु अहिलेको देशको नेतृत्वको काम हो । यो झगडा सैद्धान्तिक झगडा हो । आगामी सबै तहमा बहुलबादले घर बनाउनेछ । यसको काम भनेको छलछाम, ढाँट्ने, छल्ने, झुक्याउने, झुटो प्रचार गर्नेको हुनेछ ।