-प्रकाश बस्याल
दोलखा तामाकोसी गाउँपालिकाका ६२ वर्षिय हर्कबहादुर भुजेल सुर्तीजन्य पदार्थ सेवन गर्दैनन् । तर उनकी श्रीमती ५६ वर्षकी डम्बरकुमारी भुजेल भने दैनिक १० खिल्लीसम्म चुरोट सेवन गर्छिन् । मुटुरोग विषेशज्ञ डा.ओम मुर्ति अनिल भन्छन्, ‘एक सर्को चुरोट तानेर बाहिर निस्केको धुवाँमा ७ हजार भन्दा बढी रसायनहरू हुन्छन् । त्यसमध्ये ७० भन्दा बढी रसायनले क्यान्सरको जोखिम निम्त्याउँछ । यसले चुरोट खाने व्यक्तिको नजिकै रहने सेवन नगर्ने व्यक्तिलाई असर गर्छ ।’ यो कुरा हर्कबहादुरलाई थाहा छैन ।
तपाईं चुरोट खानुहुन्न तर चुरोट सेवन गरिरहेको व्यक्तिको सामुन्ने एकैछिन् परेको बेला पनि असर पर्छ भन्ने थाहा पाउँदा तपाईं पनि आश्चर्यमा पर्नुभयो होला ।
हर्कबहादुरलाई त बुढीले खाएको चुरोटले खर्च बढेको मात्रै थाहा छ । कुनै पनि व्यक्तिले चुरोट सेवन गरेमा त्यसको असर स्वयम् व्यक्तिलाई मात्र नभई नजिकमा रहेका अन्य मानिसलाई समेत हुन्छ ।
चुरोट सेवन गरिरहेका व्यक्तिको सामुन्नेमा धेरैबेर बस्दा त असर गर्छ नै तर एकैछिन् सामुन्नेमा पर्दा पनि यसले असर गर्ने डा. ओम बताउँछन् । तपाईं चुरोट खानुहुन्न तर चुरोट सेवन गरिरहेको व्यक्तिको सामुन्ने एकैछिन् परेको बेला पनि असर पर्छ भन्ने थाहा पाउँदा तपाईं पनि आश्चर्यमा पर्नुभयो होला । डा.ओम भन्छन् ‘चुरोट तानेर बाहिर निस्किएको धुवाँमा हुने ७० भन्दा बढी क्यान्सर गराउने रसायनले नखाने व्यक्तिलाई पनि असर पुर्याउने हो ।
‘थोरै समय बस्दा पनि यसले हृदयघात हुन सक्छ ।’ उनी भन्छन् ‘जब चुरोट सेवन गर्दा निस्किएको धुवाँ रगतमा जान्छ तब रगत नलीको भित्री भाग जसलाई हामी इन्डोथेलिएम भन्छौँ । त्यसमा असर पर्छ । त्यसपछि हर्टएट्याक र स्ट्रोक हुन सक्छ । सामान्य मानिसमा पनि यो हुन सक्छ । यो भन्नुको अर्थ आफै सोच्नुहोस् यो कति घात हुन्छ ?’
ओखलढुङ्गा सुनकोसी गाउपालिका १० कि भवा भुजेलले पनि चुरोट सेवन गर्छिन् तर घरका अरू कसैले गर्दैनन् । श्रीमान भोला भुजेललाई आफूले चुरोट सेवन नगरे पनि श्रीमतीले सेवन गरेको चुरोटले असर गर्छ भन्ने थाहा छ । तर थाहा भए पनि श्रीमतीले दैनिक सेवन गर्ने ५ खिल्ली चुरोटको असर सहन बाध्य छन् ।
यसरी सामुन्नेमा रहेको व्यक्तिले चुरोट सेवन गर्दा नखाने व्यक्तिलाई पर्ने असर कति हो भन्ने कुरा हालसम्म विज्ञानले पत्ता लगाएको छैन । ‘थोरै समय बस्दा पनि यसले हृदयघात हुन सक्छ ।’ उनी भन्छन् ‘जब चुरोट सेवन गर्दा निस्किएको धुवाँ रगतमा जान्छ तब रगत नलीको भित्री भाग जसलाई हामी इन्डोथेलिएम भन्छौँ । त्यसमा असर पर्छ । त्यसपछि हर्टएट्याक र स्ट्रोक हुन सक्छ । सामान्य मानिसमा पनि यो हुन सक्छ । यो भन्नुको अर्थ आफै सोच्नुहोस् यो कति घात हुन्छ ?’ डा. अनिल प्रश्न गर्छन् ।
अधिकांशलाई व्यक्तिलाई चुरोट सेवन गर्नाले असर गर्छ भन्ने थाहा भएपनि चुरोट सेवन गरिरहेका व्यक्तिको आसपासमा रहेकालाई समेत क्यान्सरसम्मकै जोखिम हुन्छ अथवा हृदयघात नै हुन्छ भन्नेसम्मको ज्ञान छैन ।
डा. अनिलका अनुसार यसको असर बालबालिकामा बढी देखिन्छ । चुरोटको धुवाँका कारण बालबालिकाको फोक्सोमा असर पुगी उनीहरूमा निमोनिया देखिने समस्या हुन सक्छ । अभिभावकले सेवन गर्ने चुरोटको धुवाँमा नियमित सम्पर्कमा रहेका बालबालिको कहिलेकाहीँ अचानक मृत्यु हुन सक्छ त्यो भनेको हर्टएट्याक अर्थात हृदयघात हो । यदि गर्र्भवति महिलाको वरिपरि कसैले चुरोट सेवन गर्ने गरेको छ र सेवनकर्ताले फ्याँकेको चुरोटको धुवाँ नियमित गर्भवति महिलाकोमा पुगेको छ भने त्यस्तो अवस्थामा गर्भपतन हुने जोखिम अत्याधिक हुन्छ भन्छन् डा. ओममुर्ति अनिल । यसरी नियमित सेवनकर्ताको सामुन्नेमा बस्दा कम तौल भएका शिशुको जन्म हुने जन्मपश्चात पनि मृत्यु हुने जोखिम उत्तिकै हुन्छ । अधिकांशलाई व्यक्तिलाई चुरोट सेवन गर्नाले असर गर्छ भन्ने थाहा भएपनि चुरोट सेवन गरिरहेका व्यक्तिको आसपासमा रहेकालाई समेत क्यान्सरसम्मकै जोखिम हुन्छ अथवा हृदयघात नै हुन्छ भन्नेसम्मको ज्ञान छैन । हामीले केही फेसबुक प्रयोगकर्तालाई के तपार्ईंलाई चुरोट सेवन गर्ने व्यक्तिको नजिक रहने तर चुरोट नखाने व्यक्तिलाई चुरोट सेवनका कारण हुने क्यान्सर हुन सक्छ भन्ने थाहा छ भनि सोधिएको प्रश्नमा सहभागीमध्ये ७० प्रतिशतले आफूलाई यसबारे जानकारी नभएको प्रतिक्रिया दिए ।
नेपालमा वर्षेनी २६ हजारभन्दा बढी मानिसहरूको सुर्तिजन्य पदार्थ सेवन गरेका कारण ज्यान जाने गरेको तथ्याङ्क छ । विश्वमा ८० लाख मानिस धुमपानका कारण मर्ने गरेको तथ्याङ्क छ । तर त्यसमध्ये करिब १० लाख मानिस अरूले सेवन गरेको धुमपानका कारण ज्यान गुमाउन बाध्य भएको तथ्याङ्क रहेको छ । यस्तै नेपालमा सुर्तीजन्य पदार्थमा लगाइएको कर दक्षिण एसियामै सबैभन्दा कम हो । जसका कारण यो सबैको सहज पहुँचमा पुग्ने गरेको छ ।
सुर्तीजन्य पदार्थबाट अहिले १८ अर्ब राजस्व उठ्ने गरेको छ । तर जति रकम राजश्व उठ्छ त्यसको दुई गुणा बढी रकम सुर्तिजन्य पदार्थबाट निम्तने रोगको उपचारमा लाग्ने गरेको देखिन्छ ।
नेपालमा सुर्तिजन्य पदार्थ उपभोगमा प्रत्येक वर्ष २ सय ७० अर्ब खर्च हुने गरेको सरकारी तथ्याङ्कले देखाएको छ । खुद्रामा गणना गर्दा वार्षिक १८ अर्ब खिल्ली चुरोट खपत हुँदै आएको छ । एक खिल्ली चुरोटको १५ रुपैयाँसम्म पर्छ । पछिल्लो चरणमा सुर्तिजन्य पदार्थ बिक्री वितरणका लागि त्यसको दर्ता र कर अनिवार्य गरिएको छ । थोक र खुद्रा वितरकका लागि यो नियम अनिवार्य गरिएको छ । सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन) ऐन २०६८, ल्याइए पनि त्यसको सही रूपमा कार्यान्वयन हुन सकिरहेको छैन । सार्वजनिक स्थलमा धुमपान गर्न नपाइने, १८ वर्ष मुनिका व्यक्तिले बेचविखन गर्न नपाउने, चुरोट बट्टामा मात्र बिक्री वितरण गर्नुपर्ने, एक–एक खिल्ली बिक्री गर्न नपाइने, सार्वजनिक स्थलभन्दा १ सय मिटर टाढा मात्र सुर्तीजन्य पदार्थको बिक्री गर्नुपर्ने, सुर्तीजन्य पदार्थको सचेतनामूलक सूचना हरेक संस्थाले कार्यालयमा टाँस गर्नुपर्ने, एक व्यक्तिले सेवन गरेको सुर्तीजन्य पदार्थले कसैलाई असर गर्न नहुने लगायतका कुरा ऐनमा उल्लेख गरिए पनि सोको व्यवहारतः कार्यान्वयन हुन सकिरहेको देखिँदैन । सुर्तिजन्य पदार्थको उपयोगमा कमि ल्याउने उद्देश्य राखी यसको बिक्री वितरणमा बढी कर लगाइए पनि यसले अपेक्षित परिणाम हासिल गर्न सकेको छैन । सुरक्षा निकाय नै धुमपान नियन्त्रणका लागि अभियान नै लिएर खटे पनि यसमा नियमितता भने छैन ।
सुर्तीजन्य पदार्थबाट अहिले १८ अर्ब राजस्व उठ्ने गरेको छ । तर जति रकम राजश्व उठ्छ त्यसको दुई गुणा बढी रकम सुर्तिजन्य पदार्थबाट निम्तने रोगको उपचारमा लाग्ने गरेको देखिन्छ । करिब ४० अर्ब रुपैयाँ सुर्तीजन्य पदार्थको सेवनका कारण लाग्ने रोगको उपचारमा खर्च हुने गरेको स्वास्थ्य अर्थविद् डा. देवीप्रसाद प्रसाईको भनाइ छ । सुर्तिजन्य पदार्थको सेवन नियन्त्रण गर्न विभिन्न सरोकारवालाले दबाब दिएपनि सरकारले ठोस कदम चाल्न नसकेको उनीहरूको गुनासो छ । एकातिर स्वयम् व्यक्तिलाई असर गर्ने र अर्कोतर्फ नजिकमा रहेकाहरूलाई समेत असर गर्ने जान्दा जान्दै पनि यसमा गैरजिम्मेवार बन्न नहुने परिवर्तन नेपालका निर्देशक फर्शुराम शर्माले बताए । डा. ओमका अनुसार चुरोट सेवनकर्ताको नजिक रहेने व्यक्तिलाई मुटुमा अवरोध हुने सम्भावना २५ देखि ३० प्रतिशत हुन्छ भने मष्तिस्कघातको जोखिम २० देखि ३० प्रतिशत सम्म हुन्छ ।
यस्तै फोक्सोको क्यान्सरको जोखिम २० देखि ३० प्रतिशत हुन्छ । फोक्सोको क्यान्सर लामो समयसम्म चुरोट सेवन गरेका व्यक्तिमा हुनुपर्ने हो तर पनि चुरोट सेवनकर्ताको छेउमा बस्ने मानिसलाई पनि फोक्सोको क्यान्सर कसरी हुन्छ भन्ने रहस्यमय छ । चुरोट सेवन गरिरहेका मानिसको सामुन्नेमा बस्दा उसले तानेको सर्कोबाट बाहिर निस्कने धुवाँले क्यान्सर हुने प्रक्रियालाई मद्धत पुग्ने गर्दछ र पछि क्यान्सर हुने डा. अनिल बताउँछन् । चुरोट नखाँदा पनि क्यान्सर लाग्ने गर्दछ । यदि अचानक असर गर्यो भने रगतको नलिलाई क्षति गर्छ तर ढिला गरी यसको असर देखिएको भने रगत जम्ने हुन्छ । यो जोखिम सामान्य मानिसमा त छँदैछ तर अझ बढी जोखिम दीर्घरोगी जस्तै एकपटक हृदयघात भएका, मुटुरोगी, उच्च रक्तचाप तथा कोलस्टोर भएका मानिसमा अझ बढी जोखिम रहने डा. अनिलको अनुभव छ ।
कतिपय व्यक्तिले थाहा नभएकाले सार्वजनिकस्थल तथा अरू व्यक्तिका सामुन्ने सेवन गर्ने भएपनि कतिपय व्यक्तिले हेलचक्र्याइँ गर्ने गर्दछन् । डा. अनिल भन्छन् ‘कतिपयले थाहा नपाएरै तपाईंको सामुन्नेमा चुरोट सेवन गर्छन् तर कतिपयले अरूलाई असर गर्छ भन्ने जान्दाजान्दै पनि खान्छन् । हामीले जो व्यक्ति भएपनि उसलाइ आफ्नो अगाडि चुरोट सेवन गर्न रोक्नै पर्छ हामी मूर्ख भएर बस्नुहुँदैन’ यस्तै एक टेलिभिजन कार्यक्रममा बोल्दै मुटुरोग विशेषज्ञ डा. प्रेमराज वैद्यले सुर्तीजन्य पदार्थको सेवनका कारण २६ प्रकारका रोग निम्तिने र त्यसको सबैभन्दा बढी असर मुटु र फोक्सोमा पर्ने बताउँछन् ।
‘चुरोटले भनेको हुन्छ कि मलाई सेवन नगर मलाई सेवन गर्यौ भने तिमीलाई बिरामी बनाउँछु । तर मानिसहरू भने चुरोटको कुरा नसुनी उसैलाई खाइदिन्छन्’ ।
उनले सुर्तीजन्य पदार्थको सेवन गर्ने हरेक ५ जनामध्ये १ जनामा उसको जीवनकालमा क्यान्सर हुनसक्ने समेत जिकिर गरे । उनले सुर्तिजन्य पदार्थको खोलमा जोखिम र यसको सेवनबाट हुने असरबारे जानकारी गराउँदा पनि अटेर गरी रोग निम्त्याउनु गलत भएको बताए । उनले भने ‘सुतिजन्य पदार्थको खोलमा सन्देशमुलक चित्रहरू राखिएको हुन्छ तर पनि त्यसको वेवास्ता गर्दै सेवन गर्नेलाई के भन्ने ?’ उनि भन्छन् ‘चुरोटले भनेको हुन्छ कि मलाई सेवन नगर मलाई सेवन गर्यौ भने तिमीलाई बिरामी बनाउँछु । तर मानिसहरू भने चुरोटको कुरा नसुनी उसैलाई खाइदिन्छन्’ । सुर्तिजन्य पदार्थको सेवनबाट सेवनकर्ता वा अन्यलाई पर्ने गम्भीर स्वास्थ्य असरबाट बच्न स्वयम् सेवनकर्ता त सचेत हुँदैनन् नै तर जो सेवन गर्दैनन् त्यो व्यक्ति भने सचेत हुनैपर्ने देखिन्छ ।