काठमाडौँ ।
विद्युत नियमन आयोगले यही शुक्रबार विद्युत महशुल निर्धारणका सम्बन्धमा सार्वजनिक सुनुवाई गर्ने भएको छ । आयोगका इन्जिनियर विशाल श्रेष्ठका अनुसार महशुल निर्धारणका लागि बुटवल पावर कम्पनीले पेस गरेको निवेदनका सम्बन्धमा आयोगको ऐनअनुसार सार्वजनिक सुनुवाइ हुन लागेको हो ।
स्याङ्जाको पुतलीबजारमा रहेको सिटीहलमा शुक्रबार दिउँसो १ बजेदेखि ३ बजेसम्म हुने सार्वजनिक सुनुवाईमा स्थानीय बासिन्दा, सरोकारवाला तथा सम्बन्धित सबैलाई उपस्थित हुन आयोगले अनुरोध गरेको छ । आयोगले विद्युत नियमन आयोग सार्वजनिक सुनुवाई संचालन निर्देशिका, २०७६ अनुसार तपसिल बमोजिम सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिने भएकाले उपभोक्ता, उद्योगी, व्यवसायी, स्थानिय बासिन्दा, प्रतिनिधिमूलक संस्थाहरु, संचार माध्यम, स्थानिय तहका प्रतिनिधि तथा सम्पूर्ण सरोकारवालाहरुलाई सो कार्यक्रमा सहभागी हुन आह्वान गरेको छ ।