सेयर
-विनोद दाहाल
कोही तागाधारि भए, कोही मतुवाली भए
मानिस हुनुपर्ने, अहँ भएनन्, के भएभए ।
कोही छुत भए, कोही शताब्दिऔँ अछुत भए
नहुनु पर्थ्यो, मानिस नै हुनुपर्ने अरु नै भए ।
कोही ठूला जातका, कोही निच जातका भए,
मानिस चाहिँ हुनुपर्ने, अर्थोकै केके भए भए ।
भगवान भए, राक्षस भए, नहुनुपर्ने सबै भए
इतिहासभरि मानिस भएनन्, अरु नै भए ।
कहिले मानिस दास भए त सँगै मालिक भए
कहिले मानिस किसान र सँगै जिम्दार भए ।
अहिले कोही बुर्जुवा र कोही सर्वहारा भए
मानिस त वर्ग समाज हटाउन सक्ने मात्रै भए ।
shere this