सेयर
-नारायण शर्मा
भ्रष्ट, दुष्ट र निकृष्ट, पापिष्टजति पूज्य छन् !
स्वच्छ, निस्पक्ष, निस्वार्थी, सत्यार्थीजति त्याज्य छन् !!
यस्तो देसमा हराउँछ न्याय अनि समानता !!!
भील्लदेसका मणि सज्जन, यो तीतो वास्तविकता !!!!
कालो चस्मा लगाएर देख्दैनन् शिव-सुन्दर !
दिल कालो, दिमाग कालो दृष्टि कालो असुन्दर !!
मार्सी चामल मानिन्छन् तिनै स्वार्थी ठुलाबडा !!!
टाइचुन्का कनिका हुन्, यो तीतो वास्तविकता !!!!
लातका भूत मान्दैनन् बातका सूक्त क्यै गरी !
मानिहाले पनि गर्छन् गड्बडी जिन्दगीभरी !!
ढिंडो निल्नै पर्यो निस्तै यो हाम्रो रैछ बाध्यता !!!
कण्टकेनैव कण्टSकम् यो तीतो वास्तविकता !!!!
shere this









































