सेयर
सरकारले काठमाडौँका घरघरमा कोरोना फैलिएको भन्दै सचेत गराएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्वसाधारणले न्यूनतम स्वास्थ्य मापदण्ड पालना नगर्दा काठमाडौँमा कोरोना तीव्र गतिमा फैलिएको दाबी गरेको छ।
यस्तै मेची-महाकाली खुला रहेको सीमाबाट मानिसहरु निष्फिक्री काठमाडौँ आउँदा उपत्यकामा कोरोना फैलिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताए ।
आज २ हजार ४ सय ४० कोरोना संक्रमित थपिएका छन्। हाल देशभर सक्रिय संक्रमित संख्या २३ हजार ५ सय ७ छ।
shere this