-वाङ पेन
कोरोना भाइरसको महामारी फैलिएसँगै केही पश्चिमा देशहरूले आफ्नो असली रूप देखाए ।
केही पश्चिमा सञ्चारमाध्यमले भाइरस विश्वव्यापी बन्नुमा चीनमाथि दोषारोपण गरे । सङ्क्रमणको सुरुवाती चरणमा चीनले ‘विलम्ब’ गरेको भनी निकै हल्ला गरे । अहिले नोबेल कोरोना भाइरस सङ्कट संसारभर फैलिएको छ । कुन देशले यसको प्रभावकारी निरूपण ग¥यो भन्ने कुरा संसारसामु छर्लङ्ग छ ।
चीनभित्र यो महामारी नियन्त्रणमा आइसकेको छ । केही दिनयता चीनको हुपेइलगायत प्रान्तमा भाइरसको नयाँ सङ्क्रमितको सङ्ख्या एकअङ्क वा शुन्यमा झरेको समाचार आइरहेका छन् । उहानमा अस्पतालमा उपचार गराइरहेका सङ्क्रमितको सङ्ख्याभन्दा बढी रोग निको भएर घर फर्केको सङ्ख्या बढेको छ । चीन भाइरसमाथि पूर्ण विजयको धेरै नजिक पुगेको छ । तर, चीनभन्दा बाहिर भने परिस्थिति अनिश्चित बन्दै गएको छ ।
परिवर्तित अवस्थाले केही पश्चिमा देश र सञ्चारमाध्यमको असली विशेषता उजागर गरेको छ । जनवरी महिनामा उहान सहर बन्द (लकडाउन) गर्नुअघि केही पश्चिमा मिडियाले चीनमाथि भाइरस फैलिन दिएको दोषारोपण गरेका थिए । चीनभन्दा बाहिर पनि यो रोगको सङ्क्रमणको लागि चीनलाई जिम्मेदार मानिएको थियो । तर, आजभोलि पश्चिमा देशहरूको अवस्था गम्भीर भइसक्दा पनि त्यहाँका सरकारले पुग्दो प्रतिरोध नगरेकोमा कुनै पनि आलोचना भइरहेको छैन । जब चीन सरकारले भाइरस नियन्त्रणको लागि प्रभावकारी कदम चाल्यो, पश्चिमा सञ्चारमाध्यमले मानवअधिकार उल्लङ्घन भएको भनी चीनमाथि हमला भयो । तर, आज केही पश्चिमा देशहरूले चीनकै बाटो पछ्याइरहेका छन् । सहरहरू ‘लकडाउन’ गरिएको र कडा कदम चालिएको छ ।
बितेका दुई महिना पश्चिमले फलाकेका शब्द र कार्यलाई एकै ठाउँमा राखेर हेर्दा जो कोहीले निकै हाँस्यास्पद र दयनीय चित्र पाउनेछ । उनीहरूको यो दोहोरो र विरोधाभासी काम र बोलीले उनीहरूको अनैतिकता र गैरजिम्मेवार चरित्र उजागर गर्छ ।
यो सबैबीच पनि चीन सरकार भने आफ्नो काममा प्रतिबद्ध रह्यो । चिनियाँ जनताले के ठीक र के बेठीक पहिल्याउन सफल भए । पश्चिमा नियन्त्रित अन्तर्राष्ट्रिय जनमतको लहैलहैमा चिनियाँ जनता लागेनन् । चीनले जे गरे पनि पश्चिमा सञ्चारमाध्यमले त्यसमाथि हिलो छ्याप्ने काम पश्चिमा मिडियाले गर्छन् नै ।
चीनमा कोरोना भाइरसको महामारी फैलिएपछि धेरै देश र अन्तर्राष्ट्रिय सङ्गठनहरूले चीनप्रति ऐक्यबद्धता व्यक्त गर्नुका साथै सक्दो सहयोग पनि गरे । तथापि, केही पश्चिमा सञ्चारमाध्यमहरूले चीनको अप्ठ्यारा दिनलाई हेय दृष्टिले हेर्यो र मज्जा मान्यो । सङ्क्रमण फैलिएको सुरुका दिनमा चीनको हुपेइ प्रान्तमा मुखमा लगाउने मास्कको अभाव भएको थियो ।
ती सञ्चारमाध्यमले उनीहरूले खुब बखान गर्ने गरेको ‘मानवतावाद’ देखाउनु र सहयोग गर्नु सट्टा चीनमाथि तीखो वचनको वर्षा गर्यो र रतिभर पनि सद्भाव देखाएन ।
महामारीको क्रममा अरु देश र क्षेत्रसँग अन्तरक्रियाको सन्दर्भमा चीन र पश्चिमा देशहरूबीचको भिन्नता प्रष्ट देख्न सकिन्थ्यो । गत साता जर्मनीले २ लाख ४० हजार मास्कसहित स्वीट्जरल्यान्डतिर जाँदै गरेको पानीजहाज रोकेको ब्लुमवर्गले जनाएको छ । स्वीट्जरल्यान्ड सरकारले तत्कालै सो घटनाबारे बुझ्न जर्मनीका राजदूतलाई बोलायो । जाबो एक ट्रक मास्कको लागि दुई वटा पश्चिमा देशहरूले आफ्नो इज्जत र पुरानो सम्बन्धको ख्याल गरेनन् ।
अर्कोतिर तीन वटा एसियाली देशहरू–चीन, जापान र दक्षिण कोरियाबीच विगतमा कटुतापूर्ण सम्बन्ध भए पनि महामारीको समयमा एक ठाउँमा उभिए र बाँकी विश्वलाई एउटा राम्रो दृष्तान्त प्रस्तुत गरे । ती तीन देशका सरकारबीच चालु महामारीको समयमा पनि मैत्रीपूर्ण अन्तरक्रियाले साझा भविष्यको समुदायको भावना अङ्गीकार गरेको देखिन्छ । कसैलाई एक्लो पार्ने र साँघुरो राष्ट्रवादले महामारीपछि नयाँ भूमण्डलीकरणको नयाँ धारलाई प्रकाशित गर्छ ।
चीनको रेनमिन विश्वविद्यालयको चोङयाङ वित्तीय अध्ययन प्रतिष्ठानका सहायक रिसर्च फेलो वाङ पेनको ग्लोबल टाईम्समा प्रकाशित लेख अनुवाद गरिएको ।