सेयर
नुवाकोट १६ मंसिर ।
नुवाकोटको ककनी वडा नम्बर २ मा भएको वडाध्यक्षको निर्वाचनमा ६८ दशमलव ७५ प्रतिशत मत खसेको छ । कुल बत्तिस सय ८० मतदातामध्ये बाईस सय ५५ मत खसेको हो । सर्वदलीय बैठकपछि मतगणना सुरु हुनेछ ।
नेपाली काँग्रेसले जितेको यस वडामा मुख्य प्रतिस्पर्धा काँग्रेस र माओवादीबिच छ । २०७४ को चुनाव माओवादीले जितेको यस वडामा २०७९ मा भने कांग्रेसले जीत हात पारेको थियो । नेकपा माओवादी केन्द्रले २०७९ मा झिनो मतान्तरले पराजित कृष्ण घिमिरे मिलनलाई नै यसपटक उठाएको छ ।
देशका विभिन्न ४२ स्थानका लागि भएको मतदानमा ६२ प्रतिशत भन्दा बढी मत खसेको निर्वाचन आयोगले जनाएको छ ।
shere this