काठमाडौं ।
आज चैत २६ प्रजातन्त्र पुनस्थापना भएको दिनका रुपमा स्मरण गर्ने गरिन्छ । २०४६ सालमा आजकै दिन ३० बर्ष लामो निर्दलीय पञ्चायती शासन व्यवस्थाको अन्त्य भइ देशमा बहुदलीय व्यस्था पुनस्थापना भएको थियो ।
नेपालको इतिहासमा यस दिनलाई निकै नै महत्वपुर्ण मानिन्छ । नेपालमा बहुदलीय प्रजातन्त्र स्थापना भएको दिन र ऐतिहासिक जनआन्दोलन २ को सुत्रपात समेत भएको दिनको रुपमा आजको दिनलाई महत्वका साथ हेरिने गरिएको हो ।
नेपाली काँग्रेस र बाम पार्टीहरु सम्मिलित बाम मोर्चाले संयुक्त रुपमा आव्हान गरेको संयुक्त जनआन्दोलन शिखरमा पुगेपछि तत्कालिन राजा विरेन्द्रले २०४६ साल चैत २६ गते राती पञ्चायती व्यवस्था खारेज गर्दै बहुदलीय राजनीतिक प्रणाली अवलम्बन गर्ने घोषणा गरेका थिए ।
त्यस समयमा आन्दोलनको सर्वोच्च कमाण्डर गणेशमान थिए भने कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोईराला, मनमोहन अधिकारी, सहाना प्रधान, राधाकृष्ण मैनाली लगायतका नेताहरु अग्रणी मोर्चामा थिए ।