काठमाडौं ।
दुईपटकसम्म स्थगित भएर आज बस्ने भनिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक अगाडि बढ्न सकेको छैन् । आजका लागि तय भएको बैठक २६ गते दिउँसो १ बजेका लागि सारिएको नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए ।
सरकारको कामकारबाही, एमसीसी, कोरोना संक्रमणको रोकथाम र नियन्त्रण लगायतका बिषयमा छलफल गर्न असार १० गतेदेखि जारी स्थायी कमिटी बैठक पार्टीभित्रैको आन्तरिक कलहका कारण स्थगित हुँदै आएको हो । बैठकमा अधिकांस सदस्यले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपि शर्मा ओलीले राजीनामा दिनुपर्ने अडान राखेपछि विवाद बढेको हो ।
ओलीले आफुलाई हटाउन भारत लागिपरेको अभिव्यक्ति दिएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतले नभइ राजीनामा आफुले मागेको भन्दै राजीनामा दिन भनेका थिए ।
तत्कालीन नेकपा एमाले र एमाओवादी मिलेर बनेको नेकपामा एकताको म्यान्डेडअनुसार पार्टी अगाडि नबढेको भन्दै प्रचण्ड लगायत नेताहरु माधव नेपाल झलनाथ खनाल समुह रुष्ट छन् ।