चितवन ।
स्थानीय निर्वाचन नजिकिदैं जांदा चितवनको भरतपुर महानगरमा माओवादी केन्द्रले घरदैलो र प्रचारप्रसार कार्यक्रम सुरु गरेको छ । गाउँ नगर घर घर जाउँ माओवादी केन्द्रलाई जिताऊ भन्ने नारासहित भरतपुर महानगर नगरको वडा नम्बर १० बाट घरदैलो अभियान सुरु गरको नेकपा माओवादी केन्द्र भरतपुर महानगरका अध्यक्ष ईश्वर सापकोटाले जानकारी दिनुभयो ।
अभियानको माओवादी भरतपुर महानगर इन्जार्च घनश्याम दाहाल (अविनाश)ले उद्धघाटन गर्नुभएको थियो । प्रदेश मन्त्री समेत दाहालले सो अवसरमा बोल्दै जनताको अधिकार स्थापित गर्न माआोवादीको विकल्प नभएको बताउनुभयो । उहाँले जनताको अधिकारी स्थापित गराउने माओवादी जिताउन सबै क्षेत्र फेरि एक जुट हुनुपर्ने वेला आएको बताउनुभयो ।
सोही अभियान अन्तर्गत एकै भरतपुरको वडा २, ३, ५, ६, ८, ९, १०, ११, १२, १६, १७, १८, १९, २३, २४, २५ र २८ मा घर दैलो गरिएको अध्यक्ष सापकोटले बताउनुभयो । उहाँले अब हरेक दिन बिहान ७ देखी १० र बेलुका ५ देखि ७ बजेसम्म निरन्तर घरदैलौ गरि जनता माझा पुग्ने जानकारी दिनुभयो । सो क्रममा आफुहरुले माओवादी केन्द्रलाई भोट किन हाल्ने, एजेण्डा के हो भन्ने विषयमा जानकारीसगैँ विकास प्रेमी आफ्ना नेताहलाई भोट दिएर जिताउन अपिल गर्ने बताउनुभयो।
सोही अवसरमा बोल्दै माओवादी केन्द्र चितवनका सचिव जिल्ला सचिव द्रोणबाबु शिवाकोटीले भरतपुरसगैँ आफुहरु जिल्लाको ७ वटै स्थानीय तहमा घरदैलौ अभियान जारी राख्ने बताउनुभयो । उहाँले चितवनको विकासमा माओवादीका नेतृत्वकै देशले मात्र होइन् विश्वकै ध्यान केन्द्रित भएको बताए । उनले स्थानिय तहको अधिकार सहि सदुपयोगका लागि माओवादी उम्मेद्वारलाई जिताउनै पर्ने बताए । कार्यक्रममा प्रदेश सदस्य अर्जुन पाठक, प्रदेश सदस्यहरु उत्तम गुरुङ, ईश्वर रेग्मीसहित वडाका तहका नेताहरुको सहभागिता थियो ।